पोखरामा मापदण्ड विपरित निमार्ण गरिएको तमु समाजको पर्खाल भत्काइयो

डिएनबी, पोखरा न्युज – २९ फागुन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ भिमकालिपाटन, बगर स्थित भिमकाली पाटन तमु समाजले अवैध रुपमा निमार्ण गरेको पर्खाल र गेट भत्काइएको छ ।

तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाउँदा स्थानिय सुभद्रा पौडेलले विगत दुई बर्ष देखि घर बनाउन नपाएको भन्दै बाटो खुल्ला गर्न महानगरपालिकामा निवेदन दिएका थिए । निवेदनको आधारमा महानगरपालिकाले अवैध रुपमा निमार्ण गरेको भौतिक संरचना भत्काएको महानगरका नगर प्रहरी प्रमुख बसन्त प्रसाद चालिसेले बताए ।

समाजले सार्वजनिक बाटो मिचेर आफ्नो भवनको गेट बनाएको एवम् सार्वजनिक नहर कुलोको मापदण्ड विपरित पर्खाल लगाएको हुदा आफुहरुले मंगलबार डोजर लगाएरै भत्काउनु परेको नगर प्रहरी प्रमुख चालिसेले पोखरा न्युजलाई बताए । स्थानिय सुभद्रा पौडेलको करिब पाँच आना जग्गामा घर निमार्ण गर्न दुई पटकसम्म जगको काम गरे पनि  समाजले पर्खाल लगाई अबरोध गर्दैै घर नबनाउन चेतावनी दिएकोले आफुले हालसम्म घर बनाउन नपाएको पौडेलले पोखरा न्युजसँग गुनासो गरिन । स्थाई घर घाचोक भए पनि केहि बर्ष जापान समेत बसेर स्वदेश आएकी पौडेलले तमु समाजका पदाधिकारीले उक्त जग्गामा घर बनाउन नदिने र पर्खालबाट नहेर्न भन्दै किनेको आधार मुल्यमा जग्गा माग्दै आएको बताइन। पौडेलले भवन निर्माणका लागि करिब २ बर्षअघिदेखि स्विकृति लिएपनि उक्त पर्खालकै कारण घर निमार्ण गर्न सकिनन। मापदण्ड विपरितको संरचना भत्काउने अभियानमा वडा नं. १ का पदाधिकारी , वडा प्रहरी कार्यालय बगरका सुरक्षाकर्मी तथा नगरप्रहरीको सहभागिता रहेको थियो । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीको निर्देशनमा टोलीले मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउने अभियान जारी राख्ने भएको मेयर जिसीका सहयोगि लक्ष्मण तिमिल्सिनाले बताए ।

यसै बिषयमा भिमकालिपाटन तमु समाजका अध्यक्ष धर्मराज गुरुङ महानगरपालिका प्रति रुष्ट छन। उनले पोखरा न्युज सँग  भने “ हाम्रो दर्ता भएको संस्थालाई हामीले निमार्ण गरेको भौतिक संरचना भत्काउदा हामी नभएको समयमा किन भत्काईयो, कर्मचारीको पक्षमा लागेर मेयर साबले काम गर्ने । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button