पोखरामा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न रङ्गशाला निर्माण हुन्छ – मन्त्री विश्वकर्मा

पोखरा न्युज – ६, चैत्र।

युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण हुने बताएका छन्  ।

मन्त्री  विश्वकर्माले खेलाडीले खेलेर बाच्न सक्ने निती ल्याउने समेत बताएका छन। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउदै देशका सम्पूर्ण खेलाडीहरुलाई  खेलेर बाच्ने आधार तयार पार्न त्यस्तै प्रकृतिको निती ल्याउने गृहकार्य सुरु गरेको बताएका हुन।

उनले भने “देशको नाममा खेल्ने खेलाडी र देशको शिर उचो राख्ने खेलाडीहरुलाई अब राज्यले केहि न केहि गर्नु पर्छ, पदक ल्याएका खेलाडीहरुलाई स्वदेशमै बाच्न सक्ने हामीले आधार दिनु पर्छ, त्यसमा राज्य गम्भिर हुन्छ । ” क्रिकेटमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसि व्यक्त गर्दै मन्त्री विश्वकर्माले खेलाडीहरुको उत्साहलाई मर्न नदिन राज्य लाग्ने बताए ।

मन्त्री विश्वकर्माले एक बर्ष पछि सन् २०१९ मा नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) समयमै सम्पन्न गर्नको लागि आवश्यक पुर्वाधारमा जोड दिने बताए । उनले भने “ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को बर्ष हामीले सम्पन्न गरेसंगै साग गेम्स गर्नु पर्छ, त्यसको लागि खेलकुदको भौतिक पुर्वाधार निमार्णमा हाम्रो ध्यान केन्द्रित भएको छ, चालु आर्थिक बर्षमा जारी रहेका योजनाहरुलाई समयमै सम्पन्न गनी आवश्यक खेल पुवार्धार निमार्णमा हामी ढिलो गर्देैनौं ।” ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरका खेल मैदान बनाउने, पदक ल्याउने खेलाडीहरु अझै पनि विदेशीनु परेकोले उनीहरुलाई स्वदेशमै गर्वको अनुभुति हुने गरी बाच्ने आधार बनाउने निती ल्याउने समेत मन्त्री विश्वकर्माको भनाई छ।

हाल पनि हजारौं युवा शक्ति बाहिरिएकोमा चिन्क्ता व्यक्त गर्दै मन्त्री विश्वकर्माले नेपालको युवा अनि दक्ष जनशक्ति बाहिरिदा देशलाइृ धेरै नोक्सान हुने भएकोले त्यसको लागि दक्षजनशत्तिलाई स्वदेश फिर्ता गर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिए । उर्जा, कृषि, पर्यटन, खेलकुदको विकासको मुख्य आधार भएकोले यसलाई राज्यले लगानी गरी निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्ने बताए ।

क्रिकेट संघमा देखिएको विवादलाइ छिट्टै अन्त्य गरी क्रिकेटको विकासको लागि राज्यले लगानी गर्न तयार रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद अन्त्य गर्न हामीले आबश्यक निर्देशन दिएका छौं, सम्भवत छिट्टै विवाद अन्त्य हुन्छ । ”

पोखरा रंगशालाको क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरकै श्रममा निमार्णको लागि डिपिआर समेत तयार भएको मन्त्री विश्वकर्माले बताए । मन्त्री भएको चौथो दिनमै पोखरामा पहिलो सार्वजनिक तथा औपचारिक कार्यक्रममा सहभागि भई मन्त्री विश्वकर्माले नेपालको शिर उचो राख्ने खेलाडीहरुलाई राज्यले ख्याल गर्ने बताए । संविधान कान्वयन र नयाँ निती निमार्णको क्रममा रहेकोले युवा तथा खेलकुद मैत्रि निती नियम ल्याउने उनले बताए ।

मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन उपाध्यक्ष दीननाथ बरालले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button