सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’ (हेर्नुहोस् म्युजिक भिडीयो)

पोखरा न्युज – ११ चैत्र ।

प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’मा सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।

फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button