पोखरा रंगशालको पर्खाल भत्किने अवस्थामा, जिम्मेवार निकाय उदासिन

केशब पाठक, पोखरा न्युज- ११ चैत । 

भावी पुस्ताका लागि भन्दै पोखरेली नागरिकहरुले आफ्नो एक छाक कटाएर निर्माण गरेको पोखरा रंगशालको पर्खाल भत्किने अवस्थामा पुगेको छ ।

२०५९ सालमा भूतपूर्व खेलाडी मंच नेपालले रंगशालाको ३ सय ३२ रोपनी जग्गा संरक्षण गर्ने हेतुले चलाएको अभियानले साकार रुप लिए पछि हाल सम्म पोखरा रंगशाला संरक्षित हुँदै आएको छ । निर्माण सम्पन्न गरेको दुइ वर्षमा राज्यको निकायलाई बुझाएको थियो । रंगशाला पर्खाल घेरेर व्यवस्थित बनाउन जिल्ला खेलकुद विकास समितीले कास्कीले नै पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. विरेन्द्र सिंह गुरुङको नेतृत्वमा निर्माण समिती बनायो । काम राम्रै गरि सुसम्पन्न पनि भयो । बेलायतमा बस्ने नेपाली समाजसेवीहरुले समेत ठूलो सहयोग गरे । पोखरेली नागरिकहरुको त छंदै थियो । यस्तो पर्खाल निर्माण भयो गाइ चरणमा परिणत भएको रंगशलामा हरायाली छायो । निर्माण समितीले वोरिङ गरेर पानीको समेत व्यवस्था ग¥यो तर अहिले राज्यको आँखा नपर्दा दक्षिण तर्फको पर्खालनै धरापमा परेको छ ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न १ करोड ३ लाख खर्च भएको थियो । तत्कालिन अवस्थामा नागरिक स्तर बाट सम्पन्न गरिएको प्रंशसनिय कार्य थियो जसको आज पनि उत्तिकै चर्चा हुने गर्छ । तर जती चर्चा छ त्यतीकै उदाशिनताले फेरी पनि खेलप्रेमीहरुको मन कुंडिएको छ । पोखरा लेखनाथ महानगर वडा नं १० ले रंगशाला पछाडीको सडक फराकिलो पार्दा पर्खाल धरापमा परेको हो । सडक बनुन्नजेल खेलकुदका जिम्मेवार निकाय एक शव्द बोलेका समेत छैनन ।

खेलकुदका जिम्मेवारहरु यति सम्म उदासिन छन की दाताहरुको नाम टासिएको मार्भल समेत उप्काइएको छ भने अधिकाँश ठाउँमा विगारिएको छ । रंगशालाको दुइ नम्वर गेटमा दाताको नामावली नै भत्किएको छ । थोरै सिमेन्ट प्रयोग गरेर बनाउन सकिन्छ तर त्यस तर्फ कसैको ध्यान जान सकेको छैन । बेलायतमा बस्ने दाताले आफ्नो फेसबुकमा भत्किएको फोटो पोष्ट गर्दै पटक–पटक बनाउन आग्रह समेत गरेका छन । त्यती हुँदा पनि खेलकुदको जिम्मेवार निकाय हदै सम्म कानमा तेल हालेर सुतेको छ ।

नाम नछाप्ने सर्तमा एक दाताले भने–“नेपालमा मात्रै होइन विदेशमा समेत ठूलो बेइज्जत भइसक्यो तर कसैले सुनेन ।” त्यती मात्र होइन पर्खाल निर्माण गर्दा धेरै अधिकांश दाताहरुले आफ्ना दिंवगतहरुको स्मृतीमा दान गरेका छन भने केहीले आफ्नो नाम र परिवारको नाम उल्लेख गरेका छन । पोखरा लेखनाथ महानगर १० नं वडाले सडक र ढल बनाइसक्यो तर पर्खाल भने त्यत्तिकै छोड्यो ।

रंगशालाको पश्चिम तर्फ पर्खालको लामो खण्डलाई त्यही सडकले छिचोल्छ । अव पनि ध्यान नदिने हो भने पोखरेली नागरिकले गर्व गर्ने पोखरा रंगशालाको पर्खाल गल्र्याम्म ढलेको हेर्ने दिन धेरै टाढा छैन । तस्बिर – सुदर्शन रञ्‍जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button