पोखरामा चलचित्र सुश्री सम्पत्तिको छायाकंन सम्पन्न

पोखरा न्युज – १५ चैत्र । 

चलचित्र छायाकंनको तीस दिने टाक्स लिएर पोखरा आएको चलचित्र सुश्री सम्पत्तिको टिम आफ्नो टाक्स पुरा गरी फर्किएको छ ।  एउटा गीत बाहेक चलचित्रको सबै छायांकन पोखरामा भएको हो । एउटा गीतको छायांकन भने काठमाण्डौमा हुनेछ ।

पोखराका सुन्दर दृश्य अनि कलाकार तथा चलचित्र युनिटको टिमवर्कका कारण चलचित्रले दर्शकको मन जित्नेमा निर्देशक सुव्रत आचार्य ढुक्क देखिन्छन् । प्रस्तुतीमा केहि नयाँपन दिदै दर्शकको माया पाउन आफुहरुले निकै मेहनत गरेको उनले बताए । ‘विषयवस्तुको मिश्रण रहने चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन गर्न पाउछन्’ यसअघि अर्धकट्टी चलचित्र निर्देशन गरिसकेका निर्देशक आचार्यले भने ।

चलचित्रमा दुईजना युवकको कथा छ । उनीहरुको जीवनमा आउने विभिन्न आरोह अवरोहलाई चलचित्र मार्फत देखाउन खोजिएको छ । चलचित्रको मुख्य पात्रको रुपमा सारा सिर्पाली देखिनेछन् ।

आगामी भदौ महिनामा रिलिज गर्ने तयारी भैरहेको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशराद बस्नेत, सुनिता श्रेष्ठ, प्रेमवर्षा खड्का, रोसनी कार्की, कमल प्यासी देवकोटा, राज न्यौपाने, सन्तोष खनाल लगायतको अभिनय हेर्न पाइनेछ । राउल इन्टरटेनमेन्टको ब्यानरमा रमेश त्वयनाले निर्माण गरेको यो चलचित्र सामाजिक हाँस्यप्रधान चलचित्र हो । प्रियंका कार्की स्पेशल भुमिका मार्फत चलचित्रमा देखिनेछन् । चलचित्रको कथा निर्देशक सुव्रतलेनै लेखेका हुन् ।

सुरेश अधिकारीको संगीत रहने चलचित्रकोे निर्मातामा रमेश त्वयन, विज्ञान राई, नुनम सुब्बा, रोमन सिलाकार रहेका छन् । अभिमन्यु निरवीको पटकथा रहेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button