अन्तराष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

पोखरा न्युज – १६ चैत्र ।

नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ ।

विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो ।

पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button