लमजुङमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

पोखरा न्युज – २१ चैत  ।

लमजुङमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्  ।

लमजुङको सुन्दरबजार नगरपालिका ४ मा आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  युबतिकी आमाले आफ्नो श्रीमानले  बारम्बार छोरीलाई  जवरजस्ति करणि गरेको भनि  प्रहरी चौकीमा २१ गते बिहान दिएको  उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

प्रहरीका अनुसार छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । आफुले छोरीलाई पछिल्लोपटक गत फागुन २६ गते जबर्जस्ती करणि गरेको  अभियुक्तले स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ ।

 घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button