सन्तोषको मोडल चन्दासँग दुई मिनेट आँखा जुधेपछि (हेर्नुहोस् म्युजिक भिडियो)

पोखरा न्युज – २५ चैत्र । 

गायक तथा पत्रकार सन्तोष सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द-लय सिर्जना रहेको छ ।

थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडियोमा समिर थोकरले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक थोकर र नायिका चन्दा दाहालले फिचरिङ गरेका छन् । भेनस फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा सागर गौतमको छायांकन,प्रकाश एसकेले सम्पादनको रहेको छ ।

आजभन्दा झन्डै चार वर्ष पहिले रेकर्ड भएको गीतको अडियो निकै रुचाइएको थियो । गीतको म्युजिक भिडियो पनि दर्शक स्रोताले रुचाउने आशावादीमा गायक सुवेदी छन् । सुवेदीका यसपछि ‘एक्लो छोरो म, हाई हाई हाई,’ गीत बजारमा आइसकेका छन् ।

छिट्टै नै पञ्चेबाजाको गीत आउने तयारी रहेको उनले सुनाए । सुवेदी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका सह–सचिव समेत  हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button