पोखरामा एलजी कपमा प्रि क्वाटरका खेल जारी

पोखरा न्युज – २९ चैत्र । 

लालिगुरास युवा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो चरणका खेलहरु बिहिबार पनि जारी रहेका छन । शुक्रबारबाट क्वाटर फाइनलका खेल सुरुहुने आयोजकले जनाएको छ ।

बिहिबार सम्पन्न प्रि क्वाटर खेलमा आयोजक टिम एलजी रेड आर्दश युबा क्लब, बुढीबजार युबा क्लब, कमलपोखरी युबा क्लब, सिक्स्टीनाइन फुटबल क्लबले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन ।

प्रतियोगितामा आयोजक संस्थाको टिम एलजी रेडले डोब्रे फुटबल कलबलाई २–१ गोलले, बुढीबजार युबा क्लबले भिमकाली फुटबल क्लबलाई १–० गोलले, सिक्स्टीनाइनले चैट चैट चैटलाई २–० गोल अन्तरले जितेका थिए ।

त्यसै गरि अन्य दुइ खेलहरु टाइब्रेकरमा नतिजा आएको छ । कमलपोखरी युबा क्लबले प्रतियोगितामा दावेदार मानिएको बि थर्टिन बाँझापाटनलाई ८–७ गोलले टाइ ब्रेकरमा स्तब्ध पा¥यो भने आदर्शले संगमलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पन्छायो ।

बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर समान नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले समान नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button