समृद्ध र सुखी नेपाली बनाउने अभियानमा खेलकुदले महत्वपुर्ण भुमिका खेल्छ – प्रदेश ४ का मन्त्री पुन

पोखरा न्युज – ३० चैत्र । 

प्रदेश नम्बर ४ का सामाजिक विकास मन्त्री नरदेवि पुनले समृद्ध र सुखी नेपाली बनाउने अभियानमा खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।

कास्की जिल्ला बास्केटवल संघले नयाँ बर्षको अवसमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा बास्केटवल प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले समृद्ध र सुखि नेपाली बनाउने अभियानमा खेलकुदले निकै ठुलो महत्व राख्ने बताएकी हुन।

उनले भनिन“ हाम्रा खेलाडीहरुले खेले जस्तो मात्र नगरि अब साँच्चै भित्री मनबाट दृर्ण इच्छा शक्तिका साथ खेलकुदमा लाग्नुहोस, खेलकुदको साथमा शिक्षालाइ पनि संगै अघि लैजान नछाडनुहोस, नेपालमा अब खेलाडीको धेरै सम्भावना छ । ” स्थानिय र केन्द्रीय सरकारसंगको समन्वयमा आफुहरुले समग्र प्रदेशको खेलकुदको विकास र विस्तार गर्न मन्त्री पुनले बताईन । प्रदेश सरकारलाई बजेट निकासा कठिन भएको बताउदै मन्त्री पुनले आन्तरिक श्रोत जुटाएर भए पनि खेलपुर्वाधार निमार्णमा आफुहरु कटिवद्ध भएको बताईन । उनले भनिन “ म सटफुटको खेलाडी समेत भएको नाताले खेलाडीहरुको मर्म मैले पनि बुझ्छु, समग्र खेलकुदको विकासको लागि अब सवै एक हुनु पर्ने वेला आएको छ । ”

नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष एंव नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका तेज बहादुर गुरुङले विश्वका हाल २ सय बढी राष्ट्रहरुमा खेलकुदलाई उच्च प्रथामिकता दिएको बताउदै अब खेलकुदले सामाजिक क्षेत्रलाई पनि समेट्नु पर्ने बताए । सन २०१९ मा नेपालमा हुने दक्षिण एसियाली साग गेम्सको कम्तिमा ५ खेल पोखरामा हुने बारेमा छलफल भएको उनले बताए ।

दुई महिना संचालन हुने बास्केटवल ट्यालेन्ट हन्ट तालिममा हालै एसईई दियर बसेका ६ छात्रा सहित २६ जनाको सहभागिता रहेको संघका अध्यक्ष ध्वज कुमार गुरुङले बताए । उक्त अवसरमा संघद्धारा प्रकासन गरिएको भित्तै पात्रे समेत मन्त्री पुनबाट विमोचन गरिएको संघका सदस्य अर्जुन परियारले बताए । संघले बार्षिक रुपमा विभिन्न कार्यक्रम आयोजन गर्ने भएको सचिव कृष्ण गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button