तनहुँको घरेडी होम स्टेमा लोक्कल जातको कुखुरा पालन अभियान सुरु

डि.एन.बी, पोखरा न्युज – ३० चैत्र ।

पर्यटकहरुलाई नयाँ स्वाद दिन तनहुँको शुक्लागण्डकी नगरपालिकाको पर्यटकिय गाँउ फिरफिरे घरेडीमा स्थानिय (लोक्कल) कुखुरा पालन अभियान सुरु गरिएको छ । घरेडीकोे घरवास कार्यक्रम (होम स्टे) मा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानिय जातको कुखुरा बचाउदै पाहुनालाई नयाँ स्वाद दिन पनि स्थानिय जातको कुखुरा पालन अभियान सुरु गरिएको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मनराज गुरुङले बताए ।

घरेडी क्षेत्रका करिब ६२ घर परिवारको आर्थिक विकास र समृद्धि गराउने उद्धेश्यले आफुहरुले अनिवार्य रुपमा लोक्कर कुखुरा पालन गर्ने अभियानको सूरु गराएको अध्यक्ष गुरुङले दाबी गरे । उनले भने “ हाम्रो क्षेत्रमा आउने पाहुनालाई हामीले कम्तिमा केहि नयाँ र फरक स्वाद दिने उद्धेश्यले पहिलो चरणमा सथानिय जातको कुखुरा पालन अभियान ल्याएका हौं, त्यस पछि स्थानिय क्षेत्रमा उत्पादन हुने फलफुल, तरकारी एवं अर्गानिक अन्न वाली समेत उत्पादन गर्ने हाम्रो उद्धेश्य रहेको छ। ”

स्थानिय रुपमा उत्पादन हुने अर्गानीक खाना कोदो, मकै, दुध, दहिको साथमा लोक्कल कुखुरा खुवाउन स्थानियहरुलाई थप प्रोत्साहन गर्न वडा कार्यालय तयार रहेको उनले जनाए । हरियो वन कार्यक्रम र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ले उक्त अभियानलाई आर्थिक तथा भौतिक सहयोग गरेको घरेडी पर्यटन होम स्टे विकास समितिका सचिव चित्र बहादुर गुरुङले बताए ।

हाल आफु सहित उदय बहादुर गुरुङ, रुक प्रसाद गुरुङ, नुन बहादुर गुरुङ र देउमति गुरुङले करिब २५ देखि ३० हजार मुल्य बराबरको कुखुराको खोर निमार्ण गरेको सचिव गुरुङले जनाए । कुखुराको एउटा खोरमा ५ वटा कोठा रहेका हुन्छन भने चल्ला र भाले राख्ने कक्षा फरक हुने गरेको छ । उक्त अभियानमा स्थानियले सुरुमा खोर निमार्ण गरेसंगैै १० वटा पोथी र ३ वटा भाले सहयोग प्राप्त गर्नेछन। पहिलो चरणमा हरियो वनबाट २ लाख र वडाबाट करिब ३ लाख रुपैया आर्थिक सहयोग प्राप्त हुने आश्वासन आएको उनले जनाए । उद्यपि स्थानियहरुले हाल पनि जेन तेन अब्यबस्थित ढंगबाट लोक्कल कुखुरा भने पालन गरि नै राखेकाछन। हाल स्थानिय जातको कुखुरा उक्त गाँउमा ५ सय भन्दा बढी रहेको सचिव गुरुङले जनाए ।

हरियो वन कार्यक्रमका सामाजिक परिचालक सुमित्रा पौडेलका अनुसार साँधी खोला सुस्मा जलाधार ब्याबस्थापन समिति भित्र पर्ने तनहूँ फरफिरेको घरेडीमा हरियो बन कार्यक्रमले स्थानिय जातको कुखुरा संरक्षणमा लगानी गरेको बताईन ।

तनहुँ र स्याङजामा पर्ने मिलेनियम ट्रेक, अनौठों प्रकृतिको मिलिनियम गुफा, घरेडी होम स्टे लगायतका पर्यटकका गन्तव्य सुक्लागण्डकीमा रहेकाछन। शुक्लागण्डकीको गाछेपानीदेखि ५६ किलोमिटरको सो पदमार्ग स्याङजाको माझकोट मनकामना सम्म पुगेर टुङिगन्छ । १८ वर्ष अघि अवधारणा ल्याइएको सो ट्रेक तनहुँको पिउरी दोभान, साधी खोला, मिलिनियम गुफा, स्याङजाको कोल्मा, पेल्काचौर माझकोट मनकामना ६ दिनको पैदल यात्रामा पुग्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button