पोखरामा खेलाडी संघद्वारा रंगशाला पर्खाल निर्माण समितीलाई सम्मान

पोखरा न्युज – ०२ बैशाख ।

कास्की जिल्ला खेलाडी संघले पोखरा रंगशालाको ४ सय ३२ रोपनी जग्गालाई पर्खालले घेरेर संरक्षण गरेको भन्दै तत्कालिन पर्खाल निर्माण समितीका पदाधिकारी तथा सहयोगीहरुलाई सम्मान गरेको छ । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले उनीहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा समितीका तत्कालिन अध्यक्ष प्र.डा बिरेन्द्र सिंह गुरुङ, तेज बहादुर गुरुङ बसन्त थाकाली, खेम गुरुङ, सुर्य गुरुङ(बेलायत), मुक्षेत्र गुरुङ(बेलायत), ई. किसानसिंह गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै मरणोपरान्त स्व.इन्द्रबहादुर गुरुङ र स्व. शिवशंकर रन्जितलाई सम्मान गरियो ।

डा. विरेन्द्रसिंह गुरुङको अध्यक्षतामा नागरिक स्तरमा गठित समितिले २०६१ सालमा करिब एक करोडको लागतमा रंगशालालाई पर्खाल लगाएर शुरक्षित गरिएको थियो । पर्खालका लागि बेलायतबाट सुर्य गुरुङ र मुक्षेत्र गुरुङ लगाएतले आर्थिक सहयोग गरेका थिए ।

यसै गरि २७ वर्षदेखि पोखरामा कराँते प्रशिक्षण गराउँदै आएका स्वयंसेवी प्रशिक्षक शिव गुरुङलाई खेलाडी संघले सम्मान गरेको छ ।

यसै बिच संघले नयाँ वर्षको अवसरमा पोखराको चिप्लेढुंगाबाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरी पोखरा रंगशालाको सेमी कभर्ड हलमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।

कास्की जिल्ला खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा एक उनले दशक पछि सबैलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा बक्सिङका पूर्व अन्तराष्ट्रिय खेलाडी गणेश भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ लगायतले खेलकुदको विकासमा राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button