आमा औसींको अवसरमा पोखरा बृद्दा आश्रमलाई आर्थिक सहयोग

पोखरा न्युज – ०३ बैशाख ।

आमाको सम्झनामा आमाको मुख हेर्ने दिन अर्थात आमा औसी तिथि पारेर पोखरा ६ बैदाम शान्तिपाटन निवासी यम कुमार श्रेष्ठले पोखरा १७ सिता पाईलामा अवस्थित पोखरा वृद्ध वृद्दा आश्रममा आर्थिक सहयोग गरेका छन ।

उनले एक कार्यक्रमको आयोजना गरि त्यहाँ अवस्थित ५८ जना बृद्ध बृद्धाहरुलाई नगद २ सय ५ रुपैयाका दरले बृद्धालाई हस्तान्तरण गरेका थिए । गएको बर्ष पनि आमा र्आैसीको तिथि पारेर शिशु स्याहार सेवा केन्द्र बैदामर्मा सहयोग गरेको बताउदै आफ्नो आमाको सम्झनामा उक्त सहयोग गरेको उनले भने ।

छोरा इश्वर श्रेष्ठ,लक्कु श्रेष्ठ , बुहारीे सुलोचना श्रेष्ठ र श्रीमति सन्तु श्रेष्ठ लगाएतको मनसाय पनि पृत्रिको सम्झना केही गर्नु पर्दछ भन्ने सोच आएकोले रकम सानो भए पनि होस्टेमा हैसे गर्दै सहयोग गरेका दानबिर यम कुमार श्रेष्ठले भने । उक्त कार्यक्रममा बृद्धाहरुको स्वास्थ्य उपचारमा सहयोग होस भन्ने उद्देश्यले संस्थाका लेखापाल भिमा न्यौपानेलाई नगद ५ हजार ५५ रुपैया समेत प्रदान गरेका छन । कार्यक्रममा सहयोग रकम बुझदै लेखापाल न्यौपानेले यस्ता सहयोग मन भएका सहयोग दाता समाजमा पाउनै मुशकिल छ, भन्दै सहयोग रकम जस्तो सुकै भए पनि उक्त सहयोगले बृद्ध बृद्धाहरुको मुहार उज्यालो हुने भन्दै आगामि दिनहरुमा यस्ता सहृयोग हातहरु लिए र आउन सहयोग दाताहरुलाई आग्रह गरिन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button