पोखरामा जारी शुभकामना कपमा बुधबारदेखि क्वाटरफाइनलका खेल

पोखरा न्युज – ०४ बैशाख ।

स्याङजा वालिङ युनाईटेडले पोखराको हेमजामा जारी शुभकामना कप २०७५ मा सहज जीत निकाली अन्तिम आठमा आफ्ना स्थान सुरक्षीत गरेको छ।

मंगलवार भएको प्रतियोगितामा संगम एफसीलाई ४–० को गोल अन्तरले पराजित गर्दै स्या·जा वालि· युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलमा स्या·जा वालि· युनाईटेडका जर्सी नंं ११ का विश्वास श्रेष्ठले ह्याट्रिक गरे। उनले खेलको ३५, ४१ र ४८ मिनेटमा गोल गरी दोस्रो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा रहे। त्यसैगरी जर्सी नं. ४ का टीकराज गुरुङले खेलको ६५ मिनेटमा थप एक गोल गरे।

खेलमा विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो ह्याट्रिक गरेका थिए।

एल जी एसोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको दोस्रो खेल वर्षका कारण रोकिएको आयोजकले जनाएको छ। ‘लगातार वर्षा भएकाले दोस्रो खेल खेलाउन सकिएन’–अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने–‘आजको यो खेल बुधवार विहान साढे आठ वजे खेलाउने जानकारी गराउँदछु।’

बुधवार देखि क्वाटरफाइनलका खेल हुने हेमजा युनाइटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

क्वाटरफाइनलको पहिले खेल आयोजक हेमजा–११ ‘ए’ र इन्द्रेणी एकिकृत विकास केन्द्र तथा दोस्रो खेल एविसी र सहारा क्लबबीच हुने छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button