प्रदेश ४ को सामाजिक बिकास मन्त्रालयद्वारा खेलकुद बारे सुझाब संकलन

केशब पाठक, पोखरा न्युज – ४ बैशाख ।

प्रदेश ४ समाजिक बिकास मन्त्रालयले प्रदेशमा खेलकुदको निती निर्माण गर्न सुझाब संकलन कार्य सुरु गरेको छ । प्रदेश ४ लाई खेलकुदको क्षेत्रमा समेत अव्वल रुपमा माथी उठाउन कस्ता निती तथा कार्यक्रमहरु आवश्यक छन भन्ने सन्र्दभमा मन्त्रालयले सुझाब संकलन गरेको थियो ।

मन्त्रालयद्वारा आयोजित सुझाव  प्रस्तुत गर्न उपस्थित सहभागीहरुले प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशत रकम खेलकुद बिकासमा छुट्याउनु पर्ने कुरामा जोड दिएका छन । यसका साथै उनीहरुले प्रदेशमा खेलकुद मैत्री शिक्षामा जोड दिंदै हरेक विद्यालयमा एक खेल शिक्षक र पाठ्यक्रममा पनि खेलकुदलाई विशेष महत्वकासाथ राख्नु पर्ने कुरामा जोड दिएका छन ।

खेलकुदलाई स्वास्थ्य र मनोरंजन संगै आर्थिक समृद्धीको पाटोलाई पनि विशेष महत्वका साथ उठाउँदै खेलकुदलाई रोजगारमुखी बनाउन सहभागीहरुले जोड दिए । उनीहरुले प्रदेश अन्तर्गतका जिल्ला हरुमा कुन जिल्लामा कुन खेलकुदको बिकास गर्न सकिन्छ भन्ने बारे समेत ठोस योजना निर्माण गर्न र खेलकुदको पहुँचलाई विकेन्द्रित गरि गाँउमुखी बनाउन स्थानियतहका संग पनि हातेमालो गर्दै अगाडी बढ्न मन्त्रालयलाई सुझाएका छन ।

प्रदेशमा खेलकुद बिकासका लागि खेलाडीहरुको प्रशिक्षणको व्यवस्थालाई थप व्यवस्थित गर्दै सहभागीहरुले विभिन्न जिल्लामा स्र्पोट्स एकेडेमी संगै खेलकुद विश्वविद्यालयको निर्माण गर्न सुझाव दिए । शाहसिक खेलकुदलाई मध्येनजर गर्दै हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको निर्माण र अन्तराष्ट्रिय स्तरका खेलकुद पूर्वाधार बिकासमा समेत जोड दिएका छन । उनीहरुले प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन कार्यक्रम प्रदेश ४ को राजधानी पोखरामा गर्नु पर्ने सुझाब दिए ।

सो अवसरमा बोल्दै प्रदेश ४ सामाजिक बिकास मन्त्रि नरदेवी पुनले प्रदेश ४ लाई खेलकुद राजधानीको रुपमा अगाडी बढाउन रोकिएका पूर्वाधार बिकासमा यथासिघ्र ध्यान दिने बताइन । उनले खेलाडीको विमा, परिचयपत्र विद्यालयमा खेल शिक्षक संगै विद्यार्थीहरुलाई सानो उमेर बाटै खेल प्रति चासो बढाउन र अभिभावकहरुलाई पनि सो खेलकुद बारे चासो बढाउन मन्त्रालयले ठोस योजनाका साथ लाग्ने बताइन ।

कार्यक्रममा प्रदेश ४ सांसद दिपक कोइरालाले लगानी बिना पनि खेलकुदको बिकास सम्भव रहेको कुरा औल्याउदै खेलकुद संस्कृतीको बिकास हुनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा प्रदेश ४ सांसद बिनोद केसी, राखेपका पूर्व बोर्ड सदस्य खड्ग रानाभाट, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद बिकास समिती कास्कीका पूर्व अध्यक्ष सुमन देवकोटा, बगरभाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङ लगाएतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button