पत्रकार महासंघको प्रदेश कार्यसमितिमा तिन पाटी निकट पत्रकार संघको भागवण्डा

पोखरा न्युज – ४ बैशाख ।

नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश समिति अधिवेशनमा  कार्यसमितिको सम्पूर्ण पदमा  ठुला तिन पाटी निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । अधिवेशनबाट चयन हुने कार्यसमितिका लागी एमाले पाटी निकट प्रेस चौतारी, कांग्रेस पाटी निकट प्रेस युनियन र माओवादी पाटी निकट प्रेस सेन्टर नेपालले सातवटै प्रदेश समितिमा पदहरु भागवण्डा गरेका हुन् ।

प्रेस चौतारीले ५, प्रेस सेन्टरले ३ र युनियले २ वटा प्रदेशको अध्यक्ष पाउने गरी मंगलबार तीनवटा संगठनका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहने प्रदेश कार्यसमितिका सबै पदमा यिनै तिन पाटी सम्बद्द पत्रकार संगठनले भागबन्डा गरेका छन् । त्यसबाहेक उपत्यका, प्रतिष्ठान र एसोसिएट समेतमा भागबन्डा गरिएको छ ।

तीनवटा संगठनका अध्यक्षले गरेको सहमति अनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी कुल १० प्रदेश कार्यसमितिमा सबै भन्दा बढी प्रेस चौतारीले प्रदेश १, प्रदेश ३, कर्णाली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको गरी ५ ठाउँमा नेतृत्व पाएको छ । त्यसपछि प्रेस सेन्टर नेपालले प्रदेश ४, प्रदेश ५ र उपत्यका गरी ३ ठाउँको नेतृत्व पाएको छ । त्यसैगरी प्रेस युनियनले प्रदेश २ र एसोसिएट गरि २ ठाउँमा नेतृत्व पाएको छ । कार्यसमितिको अर्को कार्यकारी पद महासचिवमा भने प्रेस सेन्टर नेपालले सबैभन्दा बढी ४ ठाउँ भाग पारेको छ । प्रेस चौतारी र प्रेस युनियनले महासचिवमा समान ३/३ वटा प्रदेशमा भाग लगाएका छन् ।त्यस्तै ५ जना खुला सदस्य , ३ जना महिला सदस्य , २ जना आदिवासी जनजाति सदस्य, २ जना मधेसी सदस्य, १ जना दलित सदस्य , र १ जना अल्पसंख्यक सदस्यमा समेत कुन कुन संगठनले कुन कुन पद पाउने भन्ने सहमति भइसकेको छ ।

राजनैतिक भागबन्डाको बिरोधमा समाचार लेख्ने ठुला तिन पाटी सम्बद्ध पत्रकार संगठनले स्वतन्त्र पत्रकार, स्वतन्त्र पत्रकार संघ तथा अन्य साना पाटी सम्बद्ध संगठन र पत्रकारहरुको अस्तित्व स्वीकार नगरेको प्रस्ट देखिन्छ । त्यतिमात्र हैन भागबन्डा पछी बैशाख २२ गते हुने अधिवेशनमा पत्रकारहरुनै नेतृत्व छनोटमा सहभागी हुन नपाउने भएका छन् ।

ठूला संगठनले नेतृत्वमा भागवण्डा गरेसँगै स्वतन्त्र पत्रकार, स्वतन्त्र पत्रकार संघ र विभिन्न साना दल निकट पत्रकारले महासंघको नेतृत्व तहमा पुग्ने ढोका ३ संगठनले बन्द गरेको भन्दै असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । सहमति पत्रमा अन्य संघ सस्थाहरुलाई सहभागी गरिने भन्ने शब्दावली राखिएको भएता पनि सबै पदमा तिन संगठनले नै आ- आफ्नो भाग लगाइसकेका छन् ।

प्रदेश कार्यसमितिमा तिन पाटी निकट पत्रकार संघको भागवण्डा पत्रकारिताको नाममा सिन्डिकेट भएको क्रान्तिकारी पत्रकार संघठनका केन्द्रीय सदस्य एबम् गण्डकी धौलागिरी संयोजक ओम हमालले आरोप लगाएका छन् । यस्तो भागबन्डाबाट बनेको नेतृत्वले श्रमजीवी पत्रकारको वकालत गर्न नसक्ने र सिमित राजनैतिक उधेश्य बोकेका व्यक्तिको भरणपोषण गर्ने भएकाले आफुहरुलाई सो सहमति मान्य नहुने हमालले जिकिर गरे ।

भागबन्डाको बिषयमा तिब्र असन्तुष्टि जनाउदै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले पत्रकार स्वतन्त्र हुनुपर्दछ भन्ने मान्यता लत्त्याउदै आचारसंहिता बिपरित भएको उक्त सहमति खारेजी हुनुपर्ने माग गरेका छन् । ‘स्वतन्त्र रहनुपर्ने पत्रकार महासंघ जस्तो सस्थामा आस्थाका आधारमा भागबन्डा गर्नु पत्रकार आचारसंहिता बिपरितको कार्य हो,’ उनले भने -‘यो सहमति तत्काल बदर गर्दै सबै पत्रकारका लागी नेपाल पत्रकार महासंघ खुला छ र महासंघ सबै पत्रकारको साझा हो भन्ने बाताबरण बनाउनु पर्दछ।’

तिन संगठनका बिचमा भएको सहमति यस्तो छ :-

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button