मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग

पोखरा न्युज – ०६ बैशाख ।

संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् ।

राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही रु १० हजारसमेत बुधबार हस्तान्तरण गरेका हुन् ।

भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गरेका बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए । उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिए ।

मन्त्री पुनसँगै पूर्व सभामुख ओनसरी घर्तीमगरसमेत भर्ना अभियान उद्घाटन कार्यक्रममा उपस्थित भएकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button