पोखराको तल्लो सिमलबोटमा निःशुल्क स्वास्थ्य शिविर हुने

 

पोखरा न्युज – ०६ बैशाख  ।

पोखरा–१५ तल्लो सिमलबोटका तल्लो सिमलबोट टोल विकास संस्था र गलेश्वर युवा क्लबको संयुक्त आयोजनामा शनिबार निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण हुने भएको छ ।

नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शिविरमा पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्राविधिक सहयोग गर्ने छ । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले शिविरमा सहभागीहरुलाई सचेतना दिने छन् ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सुलभ तवरले नागरिकले आफ्नै टोलमा सेवा पाउन भनी स्वास्थ्य शिविरहरुमा सहकार्य गरिएको बताए । उनले शिविरमा अरु सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइने जानकारी दिए

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button