पोखरामा जारी शुभकामना कपको फाइनलमा स्याङजा वालिङ र एविसी भिड्ने

पोखरा न्युज – ०७ बैशाख ।

स्याङजा वालिङ युनाईटेड र अमर सिंह व्वाईज क्लब हेमजामा जारी शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को फाइनलमा प्रवेश गरेका छन्।

शुक्रवार भएको पहिलो खेलमा स्याङजा वालिङ युनाईटेले आयोजक हेमजा–११ ‘ए’ लाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको हो।

स्याङजा वालिङ युनाईटेका जर्सी नंं ११ का विश्वास श्रेष्ठ र जर्सी नंं. १९ का लक्ष्मण रुचालले एक-एक गोल गरे। यता हेमजा–११ ‘ए’ का जर्सी नं. ३२ का विदेशी खेलाडी मार्टिनले एक गोल गरे।

खेलमा स्याङजा वालिङ युनाईटेडका जर्सी नंं. १६ का विष्णु थापा म्यान अफ दि म्याच घोषित भए। उक्त खेलमा हेमजा–११ ‘ए’ का जर्सी नंं १५ का जीवन गुरुङले रातो कार्ड पाई मैदान वाहिरिएका थिए।

खेलमा स्याङजा वालिङका लक्ष्मण रुचाला, विश्वास श्रेष्ठ र सुन्दर खड्काले एलो कार्ड पाए भने हेमजा–११ ‘ए’ बाट पिटर र टंग गुरुङले एलो कार्ड पाए। स्याङजा वालिङ युनाईटेडका विश्वास श्रेष्ठले दुई पटक एलो कार्डपाएपछि फाइनल खेल खेल्न पाउने छैनन्।

यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा अमरसिंह व्याईज क्लबले आयोजक हेमजा–११ ‘वि’ लाई ४–१ ले पराजित गर्र्दै फाईनलमा प्रवेश गरेको छ।

उक्त खेलमा अमरसिंह व्वाईज क्लबको तर्फबाट जर्सी नं. ७ का सोम तामाङ, जर्सी नंं. २ का पदम भट्टराई, जर्सी नं.८ का सुनिल गोतामे र जर्सी नं.१५ का अनिष तामाङले एक-एक गोल गरे। यता हेमजा–११‘वि’ का जर्सी नं. १९ का अस्मित कुँवरले सान्त्वना गोल गरे।

उक्त खेलमा हेमजा–११ ‘वि’ का जर्सी नंं. २ का ज्ञानेन्द्र कार्की र अमरसिंह व्वाईज क्लबका जर्सी नंं. ८ का सुनिल गोतामे रातो कार्ड पाए।

शनिवार स्याङजा वालिङ युनाईटेड र अमरसिंह व्वाईज क्लबबीच फाइनल खेल हुने छ। समापन कार्यक्रमको प्रमखु अतिथि प्रदेश नं. ४ का प्रदेश प्रमुख वावुराम कुँवर रहेका छन्।

प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ।

प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट गोलकिप्पर, डिफ्रेन्स, मिड फिल्डर, स्टाइगर, बढी गोल गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अन्य विधागतलाई पाँच-पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button