पोखरामा जारी स्व.विष्णुकुमारी स्मृती सेभेन ए साइडमा ७ खेल सम्पन्न

पोखरा न्युज – ०७ बैशाख ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा अम्मरसिंह खेलमैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार सात खेलहरु सम्पन्न भएका छन् ।

सम्पन्न खेलहरुमा बरपिपल एफसीले शुक्ला गण्डकी एफसी तनहुँलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरिमा टुङ्गिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । पसगाउँले याम्दी एफसीलाई २–० ले, रामबजार ब्वाइजले अम्मरसिंह स्कुललाई २–० ले तथा बिएस युथ क्लवले युवा एफसीलाई टाई ब्रेकरमा ४–३ गोलले पराजित गरेको छ ।

त्यसैगरि शुक्रबारकै अन्य खेलहरुमा शितलज्योती क्लवले समरजुङ्गलाई टाई बे्रेकरमा ३–२ ले पराजित ग¥यो । दुई टोलिबिचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यस्तै निर्धातिर समयको खेल २–२ को बराबरिमा सकिएपछि चैट चैट चैटले रन्जन मोमोरियललाई टाई ब्रेकरमै २–१ ले पराजित गरेको छ । शुक्रबारको अन्तिम खेलमा लेकसाइड फाइभ टु सिक्सले ब्रदर एफसीलाई टाई ब्रेकरमै ३–१ गोलले पराजित गरेको छ । निर्धातिर समयको खेल १–१ गोलको बराबरिमा टुङ्गिएको थियो । प्रतियोगितामा शनिबार पनि पहिलो चरणकै सात खेल हुने आयोजक क्लवका उपाध्यक्ष सागर गुरुङ्गले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button