Pokhara News

आन्तरिक पर्यटनको विकासमा पर्यटन मन्त्री अधिकारीको जोड

पोखरा न्युज – ०८ बैशाख ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका  छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको शुक्रबार  पोखरामा  उद्घाटन गर्दै उनले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

सन् २०२० मा १५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि त्यसका लागि राम्रो तयारी हुनसकेमा २० लाख पर्यटक पु¥याउन सकिने उनले बताए ।

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले भूकम्पपछिको उद्धार तथा राहतजस्ता काममा लायन्सले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको चर्चा गरे ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफूलाई क्रियाशील बनाएको बताउँदै ३२५ बी १ ले आफ्नो कार्य अवधिमा योजनाअनुसार विभिन्न काम सम्पन्न गरेको बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का महासचिव चण्डीप्रसाद अर्यालका अनुसार भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Related posts

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

रासस

बिसहजारी तालमा ‘वाटर मुभर’ मेशिनको प्रयोग

रासस

पृथ्वीचोकदेखि तालचोकसम्म मापदण्डमा परेका संरचना हटाइने

पोखरा न्युज