निर्माण नहुँदै भत्कियो नाला

पोखरा न्युज – ११ वैशाख ।

सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।

कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेको स्थानीय नथुनी कामतीले बताए ।

नाला निर्माणमा कमसल सामग्रीको प्रयोग हुँदा पनि डिभिजन सडक कार्यालय लहानले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । “समयमा राम्रोसँग प्राविधिक जाँच भएन,” कामतीले भने ।

डिभिजन सडक कार्यालयले रु चार करोड ९३ लाख ६१ हजार लागत चोहर्वा–सिरहा माडर सडकमा नाला, सडक निर्माणको कार्यको ठेक्का धनुषाको रोशन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । सोही ठेक्काअनुसार करीब रु ४० लाखको लागतमा भलुवाहीमा नाला निर्माण गरिँदैछ ।

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर नितिश झाले नाला निर्माणमा कमजोरी नभएको दाबी गरे । नालाको निर्माण भइरहेकै बेला वर्षा भएको र नालाको छेउमा माटो नहालिएकाले थेग्न नसकेर भत्किएको उनले बताए ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button