उन्नतीस अंकले घट्यो शेयर बजार

पोखरा न्युज – वैशाख १३ ।

शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।

कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, अन्य १२.५४ र माइक्रोफाइनान्स समूह ४३.२६ अंकले ओरालो लागेको थियो । साताको पहिलो दिन गत आइतबार ५० अंकले बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै कारोबार बन्द भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button