समय तथा संस्कृति सापेक्ष शिक्षण : आवश्यकता र आयामहरू

पोखरा न्युज । 

लेखक - सन्तोष गौतम
लेखक – सन्तोष गौतम

नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो र यसैको प्रतिबिम्ब हरेक तहका कक्षाकोठाहरुमा पाइन्छ ।  अर्को शब्दमा भन्नुपर्दा समाजमा भएको जातीय, भाषिक, लैङ्गिक, धार्मिक, क्षेत्रीय तथा सांस्कृतिक विविधता विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाकोठाहरुमा समेत पाउने गरिन्छ । अझ गहन रुपमा हेर्दा यी विविधताहरुका अलावा बिद्ध्यार्थीहरुमा पाईने रुचि, क्षमता, लक्ष्य, आकांक्षा, सवलता एवं कमजोरीहरुका विविधताले कक्षाकोठालाइ साँच्चै नै अनौठो संगमस्थल बनाएको हुन्छ भने शिक्षण सिकाइ क्रियाकलापलाइ योजना , कार्यान्वयन, मुल्यांकन सबै तहमा उत्तिकै जटिल पनि ।

यस्तो परिप्रेक्षमा शिक्षकले बिद्ध्यार्थीको अगाडी उभिएर सधै भाषण दिने अनि बिद्ध्यार्थीहरु मुक दर्शक भएर त्यहि श्रवण गर्ने अनि कण्ठ गरेको लेखेर अंक हासिल गर्ने पुरातन कर्मकाण्डी शिक्षण सिकाइले न त कक्षा कोठाको बिबिधता र जटिलतालाइ सम्बोधन गर्छ न यसले एक्काईसौं शताब्दीको युग सापेक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।यस्तो शिक्षण पद्दतिले त अझ हाम्रोजस्तो बहुलतामुलक समाजमा बहुसांस्कृतिक मानिसहरु आपसी सद्भावका साथ मिलेर बस्ने वातावरण समेत बनाउन सक्दैन किनभने यसको शुरुवात कक्षाकोठाको सौहार्द वातावरणबाट नै गर्नुपर्ने हुन्छ । अर्थात विविध पृष्ठभूमिका सहपाठीहरु बीच कायम हुने आपसी सद्भाव, सहयोग ,सहकार्य र सौहार्द सम्बन्धले समाजको विविधतामा मानिसलाई मिलेर बाच्न र सगै हातमा हात मिलाएर अघि बढ्न सक्ने बनाउछ । यसले सामाजिक एकता, शान्ति, र प्रगतिमा सार्थक योगदान पुर्याउन सक्ने कुरामा कुनै दुइमत छैन तर एकोहोरो अनि संस्कृति र परिवेश निरपेक्ष शिक्षणले सर्टिफिकेटधारी आसक्षम र बेरोजगारहरुको भिड मात्र उत्पादन गर्ने कार्य गर्दछ ।

[quote font_size=”18″ bcolor=”#0066bf”]शिक्षकले बिद्ध्यार्थीको अगाडी उभिएर सधै भाषण दिने अनि बिद्ध्यार्थीहरु मुक दर्शक भएर त्यहि श्रवण गर्ने अनि कण्ठ गरेको लेखेर अंक हासिल गर्ने पुरातन कर्मकाण्डी शिक्षण सिकाइले न त कक्षा कोठाको बिबिधता र जटिलतालाइ सम्बोधन गर्छ न यसले एक्काईसौं शताब्दीको युग सापेक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।[/quote]

हाम्रो देशको सन्दर्भमा हेर्दा यहाँका बहुजातीय र बहुसांस्कृतिक मानिसहरुका आफ्नै मौलिक विशेषता, जीवन पद्धति, परम्परागत पेशाहरु, आस्था र विश्वासहरु, चाडपर्वहरु, आफ्नै ऐतिहसिक पृष्ठभूमि र अरुलाई हेर्ने आफ्नै दृष्टिकोणहरु रहेका छन् ।  यी कुराहरुको खोज र अनुसन्धान गरि संस्कृति सापेक्ष पाठ्यक्रमको बिकास गर्नु र त्यहि अनुसारकै शिक्षण बिधिहरु अवलम्बन गरेर विभिन्न परिवेशका विद्ध्यार्थीहरुसंग सम्बन्धित भौतिक र अभौतिक सम्पदाहरु अनि विशेषताहरुलाई शिक्षणको अभिन्न अंश बनाउनु नितान्त आवश्यक छ ।  आयातित दर्शनहरु र सिद्धान्तहरु भन्दा हाम्रै बहुलताबीच अन्तर्निहित जीवनदर्शन र जीवन पद्धति हाम्रो आफ्नो परिपेक्षमा बढी सान्दर्भिक हुन सक्दछन ।  तर यसो भन्दै गर्दा संस्कृतिक सवालमा जड्शुत्रबादी बन्नुपर्ने कुराको वकालत गर्न भने खोजिएको होइन । विश्वव्यापीकरणको वर्तमान युगमा हामी हाम्रो निरपेक्ष, एकल र विश्वपरिवेशबाट अलग्गीएको अस्तित्वको परिकल्पना गर्न सक्दैनौ । बर्तमान युगमा देशहरु एकअर्कामा अन्तरनिर्भर र एक अर्कासंग विभिन्न माध्यम द्वारा जोडिएका छन् जसले गर्दा भौगोलिक सिमाहरु पातलिदै एवं कम प्रभावकारी बन्दै गैरहेका छन् ।  अर्को तर्फ अहिले राष्ट्रको अस्तित्व राज्यका सीमानाहरु भित्र मात्र सीमित छैन ।  यस्तो परिवेशमा आपसी अन्तरसम्बन्ध द्वारा फाइदा लिने सम्भावना एकातिर छ भने सांस्कृतिक अतिक्रमणको सम्भावना त्यत्तिकै जोडदार छ ।  यसले गर्दा सांस्कृतिक बिबिधता र मौलिकता गुमाएर पहिचानको संकट निम्तिन सक्ने सम्भावनालाइ पनि हामी नकार्न सक्दैनौ ।

[quote font_size=”18″ bcolor=”#0066bf”]अन्य जातधर्म, संस्कृति र क्षेत्रका मानिसहरुको बारेमा परम्परागत रुपमा हाम्रो मानसपटलमा जुन नकारात्मक बिम्बहरु सृजना गरिएको छ त्यसले हामीहरुबीच विभाजनका रेखाहरु कोरेर हामीलाई एक भएर अगाडी बढ्न दिदैन ।[/quote]

संस्कृति सापेक्ष शिक्षण मुलत ‘क्रीटिकल पेडागोजी’को एउटा अभिन्न अंग हो ।  प्रगतिशील शिक्षण बिधिहरु संस्कृति र समय सापेक्ष हुने गर्दछन । सांस्कृतिक अन्वेषण र भ्रमण गराउने, आ-आफ्नो सांस्कृतिक अनुभव अभिव्यक्त गर्न लगाउने, सांस्कृतिक प्रवचनहरु आयोजना गर्ने, विविध संस्कृतिका शिक्षकहरु नियुक्त गर्ने, संस्कृतिक विषयबस्तुहरुमा प्रतिष्पर्धात्मक कार्यक्रमहरु आयोजना गर्ने, सबै संस्कृतिका चाडपर्वहरु सम्भव भएसम्म मनाउने र तीनका खोजमुलक प्रस्तुतिहरु आयोजना गर्ने, विद्यालयमा अभिभावकहरुको संलग्नता बढाउने, पारिवारिक जीवनसँग सम्बन्धित परियोजना कार्यहरु गर्न र प्रस्तुत गर्न लगाउने जस्ता क्रियाकलापहरुले विद्ध्यार्थीहरुको बहुलतामुलक समाजबारेको बुझाइ र सांस्कृतिक सुझबुझमा अभिवृद्धि गर्दै उनीहरुलाई आफ्नो समाजमा महत्वपुर्ण सदस्य बन्न र सार्थक जीवन बाँच्न मद्धत पुर्याउछ ।  बिबिध जनजातिहरु र बहुल संस्कृतिका मानिसहरुको ज्ञान, सीप र क्षमताको प्रबर्धन र संरक्षण गर्दै त्यसलाई राष्ट्र र सम्पूर्ण मनावजातिको उत्थानको लागि प्रयोग गर्नु संस्कृति सापेक्ष शिक्षाको अभीष्ट हो ।

अन्य जातधर्म, संस्कृति र क्षेत्रका मानिसहरुको बारेमा परम्परागत रुपमा हाम्रो मानसपटलमा जुन नकारात्मक बिम्बहरु सृजना गरिएको छ त्यसले हामीहरुबीच विभाजनका रेखाहरु कोरेर हामीलाई एक भएर अगाडी बढ्न दिदैन । बहुसांस्कृतिक वा संस्कृति सापेक्ष शिक्षणले बिद्धार्थीहरुलाई बिबिध संस्कृतिहरु संग साक्षात्कार गराउदै खोजमुलक वा अनुसन्धानमुलक शिक्षण बिधिहरुद्वारा एक अर्कालाइ राम्रोसँग बुझ्ने, स्वीकार्ने र सहकार्य गर्ने वातावरणको सृजना गर्ने र त्यसको अभ्यास गराउने कार्य गर्दछ ।  जातीय रुपमा हामीसँग विभिन्न पेशाहरु पनि जोडिएका छन् ।  तिनीहरुको पहिचान र प्रवर्धन सँगै आत्मगौरवका साथ आफ्नो सांस्कृतिक पेशामा लाग्ने, हरेकको श्रमको सम्मान गर्ने र तिनीहरुलाई आर्थिक उन्नतिको सवल आधार बनाउने वातावरण संस्कृति सापेक्ष शिक्षाले निर्माण गर्दछ ।  त्यस्तै हाम्रो मौलिकता र पहिचानको संरक्षणमा दृढ हुँदै कुन हद सम्म विश्वव्यापीकरणको तरङ्गलाइ पछ्याउने भन्ने कुरा पनि यसको महत्वपुर्ण पक्ष हो र आजको शिक्षण क्षेत्रको टड्कारो आवश्यकता पनि हो ।

त्रि. वि.बाट बिद्ध्याबारिधि गर्दै गरेका शैक्षिक तथा राजनैतिक विश्लेषक सन्तोष गौतम द टाइम्स इन्टरनेसनल कलेज काठमाडौंका  ब्याचलर्स तथा मास्टर्स प्रोग्राम  कोअर्डिनेटर समेत हुन् । 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button