बगर भाई खलक युकेमा गठन

केशब पाठक, पोखरा न्युज – १७ बैशाख ।

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक युकेमा पनि गठन भएको छ । पोखरा बगर तथा फुटबल खेललाई माया गर्ने तर हाल युकेलाई कर्म थलो बनाई युकेका बिभिन्न छेत्र मा बसोबास गर्ने पोखरेली समाजसेवीहरुको एक भेलाले चन्द्रमान गुरुङको अध्यक्षतामा युकेमा बगर भाइ खलक युके गठन गरेको हो ।

बेलायती सेनाका रिटायर्ड मेजर खुसीमान गुरुंङ यम.भी.ओ. को आह्वान तथा संयोजकतामा सम्पन्न भएको उक्त पहिलो भेलाले सचिबमा नर थापा, सह सचिबमा ओम गुरुङ, कोषध्यक्षमा कमल गुरुङ र सह कोषध्यक्षमा भानु गुरुंङ रहेका छन । कार्यसमितीमा उपाध्यक्ष पद भने रिक्त राखिएको छ ।

त्यसै गरि संस्थाको कार्यसमिती सदस्यमा श्री अर्जुन गुरुङ,अन्कुमार गुरुंङ, राजु गुरुङ, पृथ्वीमान गुरुङ जगन गुरुङ, टिका गुरुङ, मोहन थापा, जसराम गुरुङ, विजय गुरुङ, धनु थकाली र भुपेन्द्र गुरूङ रहेका छन । त्यसै गरि संस्थाको सल्लाहाकारमा मे.रि.खुसीमान गुरुङ यम.भी.ओ., सुर्य गुरुंङ, दिलराज गुरुङ, करम गुरूङ र मिन गुरूङ रहेका छन ।

युकेको मा बगर बगर भाई खलक स्थापन गर्नुको मुख्य उद्धेश्य नेपालमा बगर भाई खलक पोखराले हरेक बर्ष आयोजना गर्ने भेटरान फुटबल प्रतियोगिता र अन्य सामाजिक कार्यहरुमा युकेबाट सक्दो धेरै आर्थिक सहयोग जुटाउने भेलाका संयोजक बेलायती सेनाका रिटायर्ड मेजर खुसीमान गुरुंङ यम.भी.ओ ले बताएका छन । उनले यो कार्यले धेरै सहयोगी हातहरु जुटाउन थप बल पुग्ने समेत बताए ।

“स्वास्थ को लागि नौलो आयाम, दिनमा एक घण्टा ब्यायम” भन्ने मूल नारा लाई आत्मसाथ गर्दै पोखरामा ६ बर्ष पहिला स्थापना भएको बगर भाई खलक पोखराले पोखराको टुडिखेल मैदानमा हरेक वर्ष “एट ए साइड“ भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । संस्थाले छैटौ सस्करणमा अन्तरास्ट्रिय स्तरको भेट्रान (४० वर्ष उमेर समुह) सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button