पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने

पोखरा न्युज – १६ बैशाख ।

नेपाल योग खेलकुद संधको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न हुने संघ द्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता बारे जानकारी दिंदै संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा ७ मुलुकका करिब २ सय ७० देखि ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता हुने बताए । महासचिव खरेलका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आउने छन् । नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय १० जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहने छन् ।

महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन र आफ्ना खेलाडी पठाउने भएको छ । उनका अनुसार मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आउने छन् । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु नेपाल आउने भएका छन ।

प्रतियोगितामा उमेर समुहरु मध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरि ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरि सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुइ जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र सहित नगद पुरुस्कारहरु प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यो पोखराको मेगा इभेन्ट भएको बताए । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समुद्धीका लागि खेलकुद र पर्यटनलाई संग जोड्न पर्छ भन्ने कुरा चरितार्थ हुन थालेको बताउँदै अध्यक्ष पौडेलले प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह समेत गरे । नेपालको मौलिक योग संस्कृतीलाई जोगाउन खेलकुदले अहम भूमिका निर्वाह गर्ने तर्फ इंगित गर्दै अब खेलकुद पूर्वाधार बिकासमा ध्यान दिनु पर्ने खाँचो भएको बताए ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य लक्ष्मण योगी, जिल्लाका अध्यक्ष प्रकाश बानिया लगायतले प्रतियोगिता बारे जानकारी गराएका थिए । उक्त प्रतियोगिताको उद्घाटन बैशाख २२ गते बिहान सृजनाचोक स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button