दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप पोखरामा सुरु

पोखरा न्युज – २१, बैशाख । 

नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” शुक्रबार बाट पोखरामा भव्य कार्यक्रमका बिच सुरु भएको छ । उक्त कार्यक्रमको उद्धाटन गर्दै युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले योग खेलकुद सदियौं देखिनै नेपालको पहिचान भएको बताए ।

मन्त्रि विश्वकर्माले योग खेलको बिकास र प्रबर्द्धनमा बिशेष जोड दिने बताउँदै हिमालको काखमा ऋषी महर्षीहरुले गरेको योग र ध्यानको कारणले नै नेपाल विश्वमा चिनिएको वताए । उनले नेपालमा योग खेलको महत्व बारे प्रकाश पार्दै भने “मानविय सेवाको निम्ती हाम्रा ऋषी महर्षीहरुले गरेको गौरवशाली इतिहास साक्षी छ ।” उनले नागरिकहरुको स्वस्थय जिवनलाई अगाडी बढाउन पनि योग खेलको बिकास अपरिहार्य रहेको बताउँदै उनले अब धेरै भन्दा धेरै योगका केन्द्रहरु खोल्न आवश्यक रहेको औल्याए । उनले यस्ता खेलकुद प्रतियोगिताले देशहरु बिच सम्वन्धलाई थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले अब पोखरालाई खेलकुद शहरको रुपमा चिनाउन पूर्वाधार बिकासमा जोड दिइएको बताउँदै नेपालमा जन्मिएको योग खेलको बिकासमा थप कार्यक्रमहरु संचालन गर्ने बताए । सदस्य सचिब विष्टले मौलिक खेल योगका माध्यम बाट राष्ट्रको गरिमा माथी उठन सक्ने बताउँदै उनले चिनमा हुने विश्व योग खेलकुद प्रतियोगितामा नेपालले मेडल प्राप्त गर्ने गरि तयारी सुरु गरिएको बताए । उनले नेपालले योग खेलको एशियाली खेल पोखरामा गर्ने गरि काम सुरु गरिएको जानकारी गराउँदै विदालय स्तर बाट योग खेलको बिकास गर्न आगामी राष्ट्रपती रनिङ्ग शिल्डमा योग खेल समावेश गर्ने जानकारी दिए ।

नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई विदेशी प्रतिनिधी आयरलैण्डकी मरियम मोलिगान, भारतका उमङ्ग द्वान, नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेल लागएतले सम्वोधन गरेका थिए । कार्यक्रममा मन्त्रि विश्वकर्माले विदेशी खेलाडी तथा पर्यवेक्षकहरुलाई भादगाउँलेको टोपी पहिराएर स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा गणेश बन्दना नृत्य, उडिसा नाच, नेपाली सांस्कृतिक मौलिक नाच लागएत कलात्मक नृत्य र योगासानका कलात्मक सृजनाहरुहरुको समेत प्रस्तुती रहेको थियो ।

संघका महासचिब खरेलले प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । उनका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आएका छन । नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय २५ जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहेका छन ।

महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन खेलाडी आएका छन भने मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आएका छन । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु छन ।

प्रतियोगितामा उमेर समुहरु मध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरि ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरि सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुइ जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र सहित नगद पुरुस्कारहरु प्रदान गरिनेछ । बैशाख २३ गते सम्पन्न हुने प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button