प्रदेश ४ को बजेट पारित हुन सकेन, बजेटले भ्रष्टाचारको शिलन्यास गरेको आरोप

डीएनबी, पोखरा न्युज – २१, वैशाख ।

प्रदेश नम्बर ४ को ३४ औं संसद बैठक प्रमुख प्रतिपक्षदलहरुको बिरोधको कारण  अबरुद्ध भएको छ ।

नेपाली कांग्रेस  कास्कीका सांसद कुमार खड्काले संसद बैठक सुरु भएसंगै प्रस्तुत बजेट त्रुटीपुर्ण रहेको र भ्रष्टाचार हुने गरी आएको आरोप लगाउदै  बजेट सच्चिनु पर्ने अडान राखेका थिए ।

उनले भने “हाल आएको बजेटले प्रदेश नम्बर ४ लाई उन्नतीको बाटो भन्दा पनि आर्थिक अनियमिताको बाटोमा लिएर जाने भएकाले यसमा भ्रष्टाचारको शिलन्यास भएको हामीले देखेका छौं, रातो कितावमा गम्भिर त्रृटीहरु हामीले देखि राखेका छौं ।” प्रदेश सभामा बजेट मार्फत पार्किङ निमार्ण गर्ने भनी २५ लाख, पुरानो भवन मर्मत गर्ने भनेर ५० लाख, प्रदेश सभा अध्याधुनिक रुपमा निमार्ण गर्न ६ करोड विनियोजना गरिएको बिषयमा गम्भिर त्रृटी भएको सांसद खड्काले बताए । जनताले रगत र पसिना बगाएर संकलन गरेको राजश्वलाई प्रदेश सरकारले दुरुपयोग गर्न नहुने उनको भनाई थियो ।

‘बजेट मार्फत संसदीय प्रणालीको रिपोर्ट र रेकर्डको लागि २५ लाख छुट्टाईएको छ, २०७५/०७६ को बजेट तयार पार्नको लागि २५ लाख विनियोजन गरिएको छ, ३५ दिन भित्र २०७५/०७६ को बजेट बनाउनु छ, २५ लाख रुपैया केमा खर्च हुन्छ भन्ने प्रश्न हामीले यहाँ प्रस्तुत गरेका छौं,’- सांसद खड्काले भने, ‘साहासिक खेलको अध्ययनको लागि मात्र २० लाख छुट्टाइएको छ, आफ्ना कार्यकर्ताको समुह बनाएर एक प्रतिवेदनको आधारमा लाखौं खुवाउने बजेट आएको छ ।’  प्रतिवेदन देखाएर कागज देखाएर बजेटलाई अनियमित ढंगले खर्च गर्ने आशंका देखिएको बताउदै सांसद खड्काले बैज्ञानिक आधार विना बजेट विनियोजना भएको जनाए ।

उनले भने “४९ वटा कानुन बनाउका निम्त्ति ३ करोड ८२ लाख विनियोजन भएको छ, यो धेरै रकम भयो, यो कानुन बनाउने जिम्मा प्रतिपक्षलार्ई दिएमा हामीले एक पैसा विना समयमै कानुन बनाउन तयार छौं, सम्भाव्यता अध्ययनको लागि ५ करोड ७८ लाख अत्यन्तै हचुवाको भरमा बजेट आएको, सवारी साधनको कुरा गर्दा ५ करोड ३० लाख, ९० लाखको मोटरसाईकल र स्कुटरको ब्याबस्था गरिएको छ यो निकै अव्यवहारिक रहेको छ, यसरी हेर्दा रातो कितावले भ्रष्टचारको शिलन्यास गरेको छ । ” उक्त बजेटले आर्थिक अनियमिता गर्ने आशंका देखिएको बताउदै सांसद खड्काले यस्तो बजेट पास गर्न नमिल्ने भन्दै बिरोद जनाएका हुन।

सभामुख नेत्रनाथ अधिकारीले प्रमुख प्रतिपक्ष सहितका दलहरुले संसद अबरुद्ध पारेकोले आइतबार १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन । सभामुख अधिकारीले संसद बैठक सुरु गरेसंगै  प्रतिपक्ष दल नेपाली कांग्रेस , नयाँ शक्तिका सांसदहरुले संसदमा उभियर संसद बैठक अबरुद्ध पारेका हुन । बैठकमा प्रमुख प्रतिपक्षदल सदमा उठे पछि बैठक संचालन हुन नसक्ने अभ्यास हुदै आएको छ । सभामुख अधिकारीले पटक पटक प्रतिपक्षदलका नेताहरुलाई बस्न आग्रह गर्दा पनि उनीहरु आफु बसेको ठाँउबाट उठि रहे पछि सदन स्थगित भएको सभामुखले जनाएका हुन ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वैशाख २० गते संसद बैठकमा प्रस्तुत गरेको प्रादेश विनियोजन विधेयक, २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको थियो । त्यसै गरी उक्त प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको थियो ।

त्यस्तै प्रदेश राजधानि तथा नामाङकन बिषयक समितिका जेष्ठ सदस्य तथा सभापति बिन्दु कुमार थापाले प्रदेश राजधानि तथा नामाङकन बिषयक समितिको म्याद थप गर्ने प्रस्ताब पेश गर्ने कार्यक्रम तय गरिएको थियो ।

पत्रकारसंग कुराकानी गर्दै संसदीय दलका नेता कृष्ण चन्द नेपालीले विगतलाई हेर्दा आशंका देखिएकोले उक्त बजेट संसोधन नभएमा आफुहरुले पुनः बिरोध गर्ने चेतावनी दिएकाछन। नयाँ शक्तिका सांसद हरिशरण आचार्यले आफुहरुले बल्ल प्रतिपक्षको भुमिका निर्वाह गरेको बताउदै वास्तविक भन्दा भ्रष्टचारीताको निम्ति बजेट विनियोजन भएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button