पोखरामा कास्की जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता जारी

पोखरा न्युज , २२ बैशाख ।

पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुनिबार दोश्रो दिन पनि जारी रह्यो । शनिबार सम्पन्न एथलेटिक्स तर्फको खेलमा ८ सय मिटर छात्रा दौडमा गौरिशंकर मावीकी ओम माया फगामीले २ मिनेट ५२.४२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन ।

यसै गरि भद्रकाली मावीकी सुजाता बरालले ३ मिनेट ८.९७ सेकेण्डमा ८ सय मिटरको दुरी पार गर्दै दोश्रो तथा ताल बाराहीकी अनिता राईले ३ मिनेट ९.११ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन ।

शनिबार नै सम्पन्न एथलेटिक्स छात्रा लङ जम्पमा गौरीशंकरकी सृष्टी पौडेलले ३ मिटर ८९ सेमी जम्प गर्देप्रथम भइन भने गौरी शंकर मावीकै जमुना कुवर ३ मिटर ६३ सेमी र त्रिवेणीकी सुनिता ढुङ्गाना ३ मिटर ५६ सेमी जम्प गर्दै क्रमश दोश्रो र तेश्रो भए ।

यसै गरि छात्र लङ जम्प तर्फ हेम्जा बोर्डिङका सागर नेपालीले ५ मिटर २९ सेमी जम्प गर्दै प्रथम, कास्की मोर्डनाइज्डका अपुर्व रानाभाट ५ मिटर २८ सेमी जम्प गर्दै दोश्रो र त्रिवेणी मावीका सुमन पौडेल ५ मिटर २३ सेमी जम्प गर्दै तेश्रो भए ।

यसै गरि शनिबार नै उशु तर्फका खेलहरु सम्पन्न भएका छन । छात्र उशु छ्यान हुवान तर्फ शान्ति निकुञ्जका युशेत सुनुवार राई प्रथम, टप्सका शिवम दवाडी दोश्रो र ग्लोबलका शरुन लामिछाने तेश्रो भए ।

यसै गरि छात्रा छ्यान हुवान तर्फ टप्स मावीकी शमिक्षा गुरुङ, ग्लोवल मावी की दिपशिखा खड्का दोश्रो र मेरी गोल्डकी सजिता गुरुङ तेश्रो भए । छात्र नान हुवान तर्फ अमरसिंह नमुनाका शिसिर स्याङजाली प्रथम, निलगिरीका हिमांसु गुरुङ दोश्रो र टप्सका योगेश गुरुङ तेश्रो भए ।
छात्रा नान हुवान तर्फ प्रथम टप्सकी अलिशा बलाल थापा, ग्लोबलकी एलिना विश्वकर्मा दोश्रो र नवप्रभात मावीकी पुजा राई तेश्रो भइन । छात्र थाइचि हुवान तर्फ टप्सका हिमेश गुरुङ प्रथम, शुभताराका प्रयाश मगर दोश्रो र मेरीगोल्डका प्राञ्जल गुरुङ तेश्रो भए । छात्रा थाइचि हुवान तर्फ टप्सकी शोफिया गुरुङ प्रथम, ग्लोबलकी क्याथरिन श्रेष्ठ दोश्रो र मेरी गोल्डकी सिमरन मगर तेश्रो भइन ।

बिजेता उशु खेलाडीलाई राष्ट्रिय खेलकुल परिषद आर्थिक विभाग प्रमुख कपिलमणी पोख्रेल, आर्थिक विभागका कुमार बस्नेत, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बराल लगाएतले पदक, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यसै गरि छात्र–छात्रा भलिबल, कब्बडी लगाएत अन्य मार्शल आर्ट्सका खेलहरु जारी रहेका छन । कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार आइतबार बाट जिल्ला स्तरका अन्तिम चरणका खेलहरु जारी रहनेछन । दुइ दिन सम्मको लगातार यातायात बन्दका कारण निकै कठिनाइ भोग्नु परेको र खर्च समेत बढेको उनले बताए । परिषदले करिब ६ लाख खर्चको लागि दिए पनि यो सिमा नाध्ने उनले बताए ।

कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ७१ विद्यालयका करिव २ हजार विद्यार्थीको विभिन्न खेलमा सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button