प्रदेश नम्बर ४ को बजेट तथा कार्यक्रम बहुमतले पारित

पोखरा न्युज – २३, वैशाख ।

पाँच घण्टा ढिलो गरी सुरु भएको प्रदेश नम्बर ४ को संसद बैठकले अन्ततः बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कागेंस सहित नयाँ शक्तिको अबरोधको कारण वैशाख २१ गते पारित हुन नसकेको उक्त बजेट तथा कार्यक्रम  आईतबार बसेको संसद बैठकले  बहुमतले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वैशाख २० गते संसद बैठकमा प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक, २०७५ माथि छलफल गरियोस भन्ने प्रस्तावमा छलफल भएसंगै सभामुख नेत्रनाथ अधिकारी बहुमतका आधारमा बजेट तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन । नेपाली कागेंस र नयाँ शक्तिले उक्त बजेट पारित गरियोस भन्ने प्रस्तावमा विमती जनाउदा बहुमत रहेकोे बाम गठवन्दका सांसद बिरुद्ध  उनीहरुको केहि लागेन ।

छलफलमा वोल्दै नेपाली कागेंस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले बजेट तथा कार्यक्रमको बिषयमा रातो कितावमा आफुहरुले अध्ययन गरेपछि केहि कुरामा असहमति हुने कुरा उल्लेख भएको हुनाले बिरोध गरेको बताए । उनले ९ बुंदे माग पत्र सुधार हुन आवश्यक देखिन्छ भनि सदनमा पेश गरेका छन। नेता नेपालीले प्रदेश सभा सचिवालय लगायतको लागि प्लाजा निमार्णको लागि ६ करोड विनियोजन गरिसकेपछि एक करोड ६२ लाख अस्थायी भवनमा खर्चको आवश्यक नदेखिने, २०७५÷०७६ को बजेट तर्जुमा गर्न  २५ लाख विनियोजन किन ? बैज्ञानिक भएन, साहासिक खेलको अध्ययनको लागि मात्र २० लाख किन ?, जुओजिकल पार्कको लागि डि.पि.आर. गर्न ५० लाख भनिएकोमा पोखराको पचभैयामा रहेको पोखरा अन्तराष्ट्रिय चिडियाखाँना भनेर तोकी राख्नु पर्ने माग पेश गरेका छन।

त्यसै गरी नेता नेपालीले नीति, कानुन, कार्यविधि बनाउन मात्र २ करोड ६२ लाख विनियोजन गरिएको छ अत्यधिक रकम भयो, यसमा पृष्ट्याई गर्न सकिएन, सम्भाव्यता अध्ययन भनिएकोमा त्यसको स्पष्ट कार्यविधि के हो ?, यस आर्थिक बर्षमा खर्च हुनै नसक्ने योजनाहरुलाई कोषमा राख्ने, काजगपत्र सिमलायर मात्रै बजेट खर्च गर्न सकिने कार्यक्रमहरुको दुरुपयोग हुदैन भन्ने स्पष्ट आधार के हो ?, योजनाको कार्यविधि बनाउदा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतीमा बनाउने निश्चितता र महिला, दलित, अलपसंख्यीकहरुको लागि न्यायोचित बजेटको व्याबस्था गरियोस भनि सदनमा पेश गरेका हुन।

छलफलमा उठेका प्रश्नको जबाफ दिदै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विपक्षिदलहरुले आफुहरुलाई पुर्वजानकारी नै नगराई छापामार शैलीमा सदन अबरुद्ध पारेको बताए । उनले भने “ कार्यव्यावस्था सचिवालयलाई समेत कुनै जानकारी नै नगराईकन, सदनमा वोल्न पाउने अन्य सांसदहरुको अधिकारनै खोसिने गरी सदन अबरुद्ध पार्नु भयो, यो कार्य राम्रो भएन आगामी दिनमा यस्तो नहोस, सक्तापक्ष भन्दा प्रतिपक्ष सदनको बढी मर्यादामा बस्नु पर्छ । ” यदि सक्ता पक्षले कुनै गलत काम गरेको खण्डमा प्रतिपक्षले भनेको राम्रो कुरालाई सुधार गर्दै जान आफुहरु तयार रहेको उल्लेख गर्दै मन्त्री गुरुङले आफुहरुले विनियोजन गरेको बजेट खर्च नभए संचित कोषमा जम्मा हुने दाबी गरे । आफुहरुले धेरैसंग छलफल गरी उक्त बजेट ल्याएकोले त्यसको जबाफदेहि आफुहरु भएकोले कुनै पनि हालतमा उक्त बजेट दुरुपयोग नहुने उनले जनाए ।

यसैबिच, प्रदेश  राजधानि तथा नामाङकन बिषयक समितिको म्याद थप गर्ने प्रस्ताब पारित भएको छ । प्रदेश राजधानि तथा नामाङकन बिषयक समितिका जेष्ठ सदस्य तथा सभापति बिन्दु कुमार थापालेसांसद धनन्जय दवाडीको  समर्थनमा  प्रदेश राजधानि तथा नामाङकन बिषयक समितिको म्याद थप गर्ने प्रस्ताब सदनमा पेश गरेका हुन् ।   एक महिनाको लागि समितिको  म्याद थप गर्ने प्रस्ताव ध्वनि मतले पारित भएको हो । संसद बैठक एक बजेका लागी निर्धारण गरिएको भएपनि करिब ५ घण्टा पछी  अर्थात वेलुका ६ बजे मात्र सुरु भएको थियो ।

ठिलो गरि सुरु भएको संसद बैठक करिब एक घण्टा  चलेको हो । त्यसअघि करिब ५ घण्टा सांसद, मुख्य मन्त्री तथा मन्त्रीहरु संसद बैठकको  पर्खाइमा  चौरमा बाहिर गफगाफमा भुलेका थिए । केहि समितिहरुका पदाधिकारीहरु भने संसद कसरी संचालन गर्ने भन्ने बिषयमा   छलफलमा व्यस्त भएका थिए । संसद्को अर्को बैठक सोमबार दिउँसो ४ बजे बस्ने सभामुख अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button