कास्की राष्ट्रपति कपमा कबड्डी सम्पन्न, एथलेटिक्स् र भलिबल जारी

पोखरा न्युज – २४ बैशाख ।

पोखरामा जारी कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत सोमबार कबड्डी तर्फका खेलहरु सम्पन्न भएका छन् । छात्रा कबड्डीको फाइनलमा महेन्द्र माविले गौरी शंकरलाई ३६ का विरुद्ध २० अंकले पराजित गर्दै प्रथम भएको छ भने तेश्रो स्थानका लागि भएको खेलमा हिल पोइन्टले कास्की मोर्डनाइज्डलाई ४३–४२ ले पाखा लगायो ।

यसै गरि छात्र कबड्डीमा शान्ति दीपले गौरी शंकरलाई नै ३१–११ ले पाखा लगाउँदै प्रथम भयो भने त्रिवेणी तेश्रो भयो । विजेता टिम तथा खेलाडीलाई जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष दिपक बहादुर गोदार, सदस्य देश भक्त कुंवर, कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला कबड्डी संघका अध्यक्ष पदम बहादुर कार्की लगायतले पदक, प्रमाणपत्र र कप वितरण गरेका थिए ।

सोमबार नै सम्पन्न एथलेटिक्स तर्फ छात्रा तर्फको ३ हजार मिटर दौडमा गौरी शंकरका मिना नेपाली प्रथम, कास्की मोर्डनाइज्डकी कृतिका गिरी द्वितिय र टप्स माविकी सम्झना नेपाली तृतिय भइन । छात्र ३ हजार मिटरमा गोगन मावीका इस्माइल भण्डारी प्रथम, पोखरा मल्टी मोडलका सोमराज गुरुङ द्वितिय र टप्स माविका गोपाल दुरा तृतिय भए ।

यता ८ सय मिटर छात्र दौड तर्फ त्रिवेणीका विवेक अधिकारी प्रथम, पोखरा मल्टि मोडलका कृष्ण गुरुङ द्वितिय र सगरमाथाका सोमराज हमाल तृतिय भए । छात्रा ज्याभलिन थ्रो मा कास्की मोर्डनाइज्डकी रितु पुन प्रथम, सगरमाथाकी सेविका आचार्य द्वितिय र कास्की मोर्डनाइज्डकी इशा गुरुङ तृतिय भइन भने छात्र तर्फ ग्यालेक्सीका राहुल बिक प्रथम, कास्की मोर्डनाइज्डका दिपक थापा द्वितिय र गौरी शंकरका शंकर परियार तृतिय भए ।

यता छात्रा भलिवलको फाइनलमा टप्स मावि र जनप्रिय मावि भिड्ने भएका छन भने तेश्रो स्थानका लागि कास्की मोर्डनाइज्डले सृजना मावि संग भेट पक्का गरेको छ । सोमबार नै सम्पन्न खेलमा टप्सले कास्की मोर्डनाइज्डलाई २–० को सेटमा र जनप्रियले सृजनालाई २–०को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । छात्र भलिबलको खेल भने जारी रहेको छ । मार्शल आर्टसतर्फ तेक्वान्दोका खेल जारी रहेका छन् भने कराते सुरु भएको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताएका छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button