विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

पोखरा न्युज -२५, बैशाख ।

आफ्नो जन्म भुमी त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आएका एक युवाले समाज सेवा मार्फत नेपालका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएका छन । ति उदाहरिणय समाजसेवी हुन सूर्य गुरुङ । समाजसेवाको प्रतीको योगदानको कदर स्वरुप उनी ‘च्यारिटी किङ’ को नामले समेत प्रख्याती कमाएका छन ।

पोखरा बगर १ स्थायी बासिन्दा र हाल बेलायत निवासी गुरुङले माछापुच्छ्रे  गाँउपालिका ६ भिंडावारीमा रहेको बराह माध्यमिक विद्यालयलाई ६ लाख प्रदान गरेका छन । बेलायतमा रहेका उनले आफ्नी आमा श्री कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेज गुरुङ र भाउजु बेनी कुमारी गुरुङ मार्फत विद्यालयलाई उक्त रकम प्रदान गरेका थिए ।

एक समारोहका विच सूर्य गुरुङले पठाएको ६ लाखको चेक सूर्यका आमा र आफन्त बाट बुझदै विद्यालयका प्रधानध्यापक नर बहादुर गुरुङले यो रकम विद्यालयको विज्ञान प्रयोगशाला र शिसु तहको कक्षमा फर्निचर निर्माणमा खर्च गर्ने बताए । उनले विदेश बाट सूर्य गुरुङले गरेको सहयोग प्रती धन्यबाद दिंदै भने “विद्यालयमा एक उच्च स्तरको विज्ञान प्रयोगशाला स्थापना गर्न चाहिरहेका थियौं अब हाम्रो सपना पुरा हुने भयो ।”

हाल आफ्नो विद्यालयमा सिटिइभिटी बाट स्विकृत प्राप्त कृषी तर्फको सम्पुर्ण अध्ययन अध्यापन भइरहेको जानकारी दिंदै प्रधानध्यापक गुरुङले विद्यालयमा शिसु तह देखि कक्षा १२ सम्म हाल ३ सय ७० जना विद्यार्थीहरु अध्ययन गरिरहेको बताए । विद्यालयको आर्थिक अवस्था कमजोर भए पनि हामी निरन्तर रुपमा दाताको सहयोगले विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले २०२४ सालमा स्थापना भएको विद्यालयले यो वर्ष स्वर्ण महोत्सव वर्षको रुपमा मनाइरहेको जानकारी दिए ।

बेलायत बाट गाँउको विद्यालयलाई लाई आफ्नी आमा र परिवार मार्फत विद्यालयलाई सहयोग गर्न पाउँदा निकै गौरब महशुस भएको जानकारी सामाजिक संजाल मार्फत गराउँदै गुरुङले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन । “हामी विदेशमा बसे पनि च्यारिटी मार्फत वा व्यक्तीगत तवरले आफ्नो समाजसेवा प्रतीको सेवाभावलाई जारी राख्ने छौ” उनले भनेका छन ।

नेपालको तिन वर्ष अघिको महाभुकम्पवाट प्रभावित  गोर्खा लगायत अन्य जिल्लामा समेत उनले विशेष गरि विद्यालय निर्माणमा सहयोग गर्दै आएका छन । भुकम्प बाट क्षती पुगेको गोर्खाको जन जागृती मावी, कास्की धलेलको बम बहादुर घले आधारभुत विद्यालय, पोखरा १६ स्थित अर्मलाको अन्नपुर्ण मावी लगाएतका विद्यालयमा निर्माण र पुस्तकालयको स्तरोन्नती साथै बेलायत स्थित अस्पतालहरुमा समेत व्यक्तिगत र च्यारिटी मार्फत सहयोग गर्दै आएका छन । उनले २०५८ सालमा पोखरा रंगशालाको पर्खाल निर्माण गर्दा बेलायतमा पर्खाल निर्माण समितीको संयोजक भएर ५० लाख संकलन गरेका थिए भने गेट निर्माणमा व्यक्तिगत रुपमा सहयोग गरेको थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button