१० औं राष्ट्रपति कपको उपाधि गौरीशंकर माविलाई

पोखरा न्युज -२५, बैशाख ।

कास्की जिल्ला खेलकुद विकास समितिद्वारा पोखरा रंगशालामा आयोजित कास्की जिल्ला स्तरीय १० औं राष्ट्रपति कपको उपाधि हेम्जाको गौरीशंकर माविले उचालेको छ । प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई उछिन्दै गौरीशंकरले समग्रमा ८ स्वर्ण, ७ काश्य र १ रजत पदक प्राप्त गरी उपाधि हासिल गरेको हो ।

प्रतियोगितामा गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण, ५ रजत र १ काश्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधि उचालेको गौरीशंकरले प्रथम पुरुस्कार नगद १५ हजार सहित आर्कषक रनिङ्ग शिल्ड प्राप्त गरेको छ । गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पाएको छ ।

त्यसै गरी जारी प्रतियोगितामा गत वर्षको च्याम्पियन टप्स माविले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोश्रो स्थान हासिल गरेको छ । टप्सले एथलेटिक्समा १ रजत र ६ काश्य, उशुमा ४ स्वर्ण, १ रजत र १ काश्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुरुस्कार १२ हजार प्राप्त गरेको छ । टप्स मावि २०७०, २०७१ र २०७३ को च्याम्पियन रहेको थियो ।

प्रतियोगितामा त्रिवेणी बोर्डिङ्गले तेश्रो स्थान हासिल गरेको छ । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ काश्य पदक हासिल गरेको थियो । त्रिवेणीले एथलेटिक्स तर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । उसले तेश्रो स्थान सँगै नगद ९ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी विद्यालयका करिव २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका एथलेटिक्स छात्र तर्फका खेलाडी बिबेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि छात्रा तर्फ शान्तिदिपकी कबड्डी खेलाडी बुद्धी माया मगर कविता उत्कृष्ट खेलाडी घोषित भइन् । उनी कबड्डी खेलको राष्ट्रिय खेलाडी समेत हुन् । जिल्ला खेलकुद बिकास समिति कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृति स्वरुप प्रदान गरेको छ ।

बैशाख २१ गते देखि जारी जिल्ला स्तरीय प्रतियोगिताका बिजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समिति कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृतहरु लेखनाथ कट्टेल र शुकुमार थापा, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका सदस्य देवेन्द्र क्षेत्री, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकुद बिकास समितिका सदस्य विष्णु माया गुरुङ, सदस्य झलक पोख्रेल, कोषाध्यक्ष दिपक गोदार, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगायतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

कार्यक्रममा २०७५ जेठ १८ गते देखि संचालन हुने प्रदेश नं ४ स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो । क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई यस बर्ष देखि प्रदेश स्तरीय बनाइएको छ । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख बरालका अनुसार यस पटक सोही अनुसारको तयारी थाल्ने भन्दै उनले छनौटमा परेका सबै खेलाडीलाई प्रशिक्षणको ब्यवस्था मिलाइएको बताए । उनका अनुसार सम्पन्न भएका प्रतियोगिताहरुमा तीन पटक सम्म उपाधि जितेर यसअघि पश्चीमाञ्चलले शिल्ड माथि कब्जा जमाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button