मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रबर्द्धन हुने अपेक्षा

डीएनबी, पोखरा न्युज  २६, वैशाख । 

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर दर्शन गर्नाले समग्र धार्मिक पर्यटन प्रबर्द्धन हुने अपेक्षा गरिएको छ । भारतिय प्रधानमन्त्री मोदीको जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्नाले नेपालको समग्र धार्मिक पर्यटनको प्रबर्द्धन हुने भएको नेपालीहरुले विश्वास लिएका छन। भारतिय प्रधानमन्त्री मोदी नेपाल आएसंगै उनको साथमा विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत सहभागिताले यस क्षेत्रको पर्यटन प्रबर्द्धन हुने अपेक्षा पर्यटन व्यवसायिहरुले  गरेका छन।

प्रदेश नम्बर ४ का सांसद ईन्द्रधारा विष्टले भारतिय प्रधानमन्त्री मोदीको मुक्तिनाथ मन्दिर दर्शन सहितको भ्रमणले समग्र मु्स्ताङ क्षेत्रको मात्र नभई समग्र देशको धार्मिक पर्यटन अपेक्षा हुने दाबी गरे । उनले भने “ भारतिय पर्यटकहरु मुक्तिनाथ आउने क्रम बढ्दै आएको समयमा भारतिय प्रधानमन्त्री नै मुक्तिनाथ मन्दिर दर्शन गर्नाले भारतिय धार्मिक पर्यटकहरुको सङख्यामा बृद्धि हुने हामीले अपेक्षा गरेकाछौं ।” मुक्तिनाथ र दामोदरकुण्ड जस्ता धार्मिक तिर्थस्थलहरुमा भारतिय प्रधानमन्त्रीको दर्शन गराउनाले नेपालमा धार्मिक पर्यटनको प्रबर्द्धन हुने मुस्ताङबाट निर्वाचित सांसद विष्टले जनाए । मुक्तिनाथ मन्दिरमा भारयित शेलिव्रेटी अमिता वचन, श्रीदेव, डेनि, भारतिय राजदुत लगायतको दर्शन भए पनि भारतिय प्रधानमन्त्री नै धार्मिक हिसावले मन्दिर दर्शन गर्ने पहिलो पटक भएकोमा आफुहरुमा ज्यादै खुसि लागेको सांसद विष्टले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले विश्वमै चिर परिचित भारतिय प्रधानमन्त्री मोदी नेपालको भ्रमणको शिलशिलामा मुक्तिनाथ मन्दिरको दर्शन गर्नाले यस क्षेत्रको समग्र धार्मिक पर्यटनको प्रचार प्रसार हुने बताए । काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने करिब ४० प्रतिशत जसो भारतिय पर्यटकहरु मुक्तिनाथ जाने गरेको उनले जनाए । भारतिय प्रधानमन्त्री मोदीलाई पोखरामा कम्तिमा एक रात वा एक दिन बस्ने ब्याबस्था मिलाउन सकेको खण्डमा पोखराको समेत केहि पर्यटन प्रबर्द्धन हुने उनले जनाए ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि मन्दिर परिसर क्षेत्रमा सरसफाई र उनको भव्य स्वागतको लागि तयारी गरिएको छ ।  मोदीले यही वैशाख २९ गते विहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने भए पछि मन्दिर परिसरमा सरसफाई तथा रंगरोगन र ध्वजा पोतकाले रंगिविरंगि पारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शीसिर पौडेलले बताए । भारतिय प्रधानमन्त्री आउने भए पछि सुरक्षाको दृष्टिले समेत आफुहरुले सुरक्षाका तीनै अंगलाई खटाइएको प्रजिअ पौडेलले बताए । उनका अनुसार भारतिय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न वाराजुङ क्षेत्रको मुक्तिनाथ गाँउपालिका, स्थानियले तयारी गरेका छन। वैशाख २८ गते दिँउसो ४ः०० बजे देखि वैशाख २९ गते मध्यान्हः १२ः०० बजेसम्म मुक्तिनाथ मन्दिर परिसरको ७ सय मिटर भित्र मात्र जो कसैलाई जानको लागि रोक लगाईएको प्रजिअ पौडेलले बताए । हवाई मार्ग हुदै भारतिय प्रधानमन्त्री मोदी मुक्तिनाथ जाने भएपछि अन्नपुर्ण पदमार्गमा जाने पर्यटकहरुलाई दुई दिन रोक लगाईएको भए पनि हाल पदमार्गमा जानको लागि खुल्ला गरिएको उनले बताए । माथिल्लो मुस्ताङ जाने वैकल्पिक बाटो हुदै जानको लागि आग्रह गरे ।

भारतिय प्रधानमन्त्री मोदी मुक्तिनाथ जाने भए पछि दुई दिनको लागि माथिल्लो मुस्ताङ जानको लागि छुम्रुङ, कागवेनि हुदै वैकल्पिक बाटो हुदै जानको लागि प्रशासनले आग्रह गरेको छ। भारतिय प्रधानमन्त्री मोदीले २९ गते शनिबार विहान करिब ८ः०० मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय गरिएको प्रजिअ पौडेले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button