कास्कीको बसाई अविष्मरणीय रहनेछ- एसपी सिंह

पोखरा न्युज , २७ वैशाख ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख  एसपी अशोक सिंहले कास्कीको बसाई आफ्नो लागि सदैव स्मरणीय रहने बताएका छन्। पोखरा न्युजले पोखरामा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै एसपी सिंहले आफ्नो कार्यकालमा कास्कीका जनताको अदभुत  माया र समर्थन पाएको उल्लेख गर्दै उक्त माया र समर्थनको जीवनभर सम्झना रहिरहने बताएका हुन् ।

‘यहाँको शान्ति सुरक्षा तथा अमन चयनका लागि मेरो आफ्नो प्रयासमा समग्र कस्केली नागरिकहरुले दिएको साथ र समर्थनले गर्दा मेरो कार्यकाल सफल भएको मैले  महसुस गरेको छु ’,’ एसपी सिंहले भने, ‘मैले योजना बनाएका  एक डुईवटा काम छोटो समयावधीका कारण अगाडी बढाउन पाइन।’  बलात्कार र आत्महत्याका घटनाका बिषयमा आफुले तयार परेको  सचेतासहितको आगामी बृहत् कार्ययोजनालाई समयले गर्दा  अगाडी बढाउन  नपाएको सिंहले बताए ।

प्रहरी संगठनभित्र सरुवा, बढुवा  नियमित प्रक्रिया हो भन्दै एसपी सिंहले कास्कीमा फेरीपनि काम गर्ने अवसर पाएमा उक्त अवसरलाई आफ्नो तर्फबाट नचुकाउने उनले  प्रष्ट पारे। एसपी सिंहले समग्र कास्कीका नागरिक समाज, सामाजिक संघसंस्था र बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई धन्यवाद ब्यक्त गरेका छन्।

बधाई कार्यक्रममा पोखरा न्युज  डट कमका सम्पादक गणेश बरालले एसपी सिंंहले आफ्नो छोटो ९ महिने कार्यकालमा कास्कीका जनतासंग प्रत्यक्ष सरोकार राख्ने शान्ति सुरक्षा  लगायतका विषयमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै बधाई ज्ञापन गरे। एसपी सिंह कस्केली नागरिकको मन मनमा बस्न सफल रहेको उल्लेख गर्दै बरालले आगामी दिनमा जहाँ, जुनसुकै  जिम्मेवारीमा रहेर काम गरेपनि  पनि यहाँको भन्दा ठुलो सफलता मिलोस भनि शुभकामना ब्यक्त गरे।

कार्यक्रममा  पोखरा न्युजका सम्पादक गणेश बराल, सह–सम्पादक नारायण शाही, संवाददाता शुव्रत  ढकाल, मिना पौडेल, अनुज कुलुङ् , प्रदिप राई लगायतले एसपी सिंहलाई मायाको चिनोसहित खादा र अबीर लगाएर बिदाई गरेका थिए।

गत साउन १७ गते देखि कास्कीको नेतृत्व सम्हालेका एसपी सिंह महानगरिय प्रहरी कार्यलय विशेष सुरक्षा महाशाखा काठमाण्डौंमा सरुवा भएर जाँदैछन्।

सम्बन्धित समाचार : कास्कीका रुचाइएका एसपी सिंहको ९ महिनामै सरुवा, राना आउदै

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button