पोखरामा मेयरकप भलिवल शुरु

पोखरा न्युज- २७, बैशाख ।

कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बुधबारदेखि प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसिले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मेयर जिसिले यस्ता प्रतियोगिताले नगरका वडा वडा विच भाइचारा सम्बन्ध विकास र विस्तारमा टेवा पुग्ने बताए । त्यस्तै पोलेमनपाका खेलकुद कार्यक्रम संयोजक समेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष रविन्सन प्रजुले पोखरालाई खेल शहरको रुपमा विकास गर्न नगरपालिकाले सहयोग गर्ने बताए । साथै उनले छिट्टैनै मेयरकप फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी समेत दिए ।

समारोहमा भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडीद्वय सोमबहादुर गुरुङ्ग र यामबहादुर गुरुङ्गले कास्कीको भलिबल विकासका लागि भन्दै भलिबल, नेट लगायत खेल सामग्री कास्की जिल्ला भलिबल संघ कास्कीलाई हस्तान्तरण गरेका थिए । संघ कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम समितिका सदस्य मनशान्त घिमिरेले सञ्चालन गरेका थिए ।

यसैबिच प्रतियोगिताको उद्घाटन दिन वडा नम्बर १६ ले २ लाई, १ ले २८ लाई, १७ ले २२ लाई, २३ ले २४ लाई, २७ ले २६ लाई, ३३ ले ३ लाई, १८ ले ६ लाई तथा १३ ले ३२ लाई पराजित गरेको छ । बिहिबारपनि विभिन्न ११ खेल हुने खेल संयोजक कुमार गुरुङ्गले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद १ लाख सहित ट्रफि मेडल, द्वितिय हुने वडाले नगद ५० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने वडाले नगद २५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र क्विकरलाई पनि पुरस्कृत गरिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button