तनहुँमा धान कुट्ने मिलमा बेरिदा एक जनाको मृत्यु

पोखरा न्युज – २८, बैशाख ।

तनहुँमा धान कुट्ने मिलमा बेरिदा एक महिलाको मृत्यु भएको छ ।

धान कुट्ने मिलमा परेर तनहुँ घिरीङ गाउँपालिका -४ मानपुर निवासी  ४५ बर्षीया  फुलमाया थापाको  मृत्यु  भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउसो  करिब १२:३० बजेको समयमा स्थानीय  दुर्गा बहादुर थापाको धान कुट्ने मिलको पट्टामा बेरिएर फुलमाया थापाको मृत्यु भएको हो ।  मिलमा धान हाल्ने क्रममा आफैले  लगाएको सल मिलको पट्टामा बेरिन जाँदा  फुलमायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए ।

घटनाको  विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतीकात्मक तस्बिर ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button