पोखराको सस्तो बजार लगाएत ४ ठाउँमा बम : डिष्पोजल टोलीद्वारा निश्क्रिय

पोखरा न्युज – ३० बैशाख ।

पोखरा लेखनाथ महानगरपालिकाका बिभिन्न चार स्थानमा (संकास्पद सहित) भेटिएको बम  निश्क्रिय पारिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका -२९ सैनिक बस्तीमा आइतवार बिहानै फेला परेको सकेट बम  तत्काल निश्क्रिय पारियो । महानगरको सैनिक बस्ती स्थित राजमार्गमा प्लाष्टिकमा तार व्याट्रीमा जोडेको अवस्थामा  फेला परेको सकेट बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निश्क्रिय पारेको हो ।

महानगरको अम्मरसिंह चोक स्थित वेलकम गेटको  बाँया पट्टी रेडबुलको बट्टामा प्लाष्टिकले बेरेर तार बाहिर देखाएको  अवस्थामा  फेला परेको शंकास्पद बस्तुलाई डिस्पोजल टोलिले  डिस्पोज गर्यो  । त्यसैगरि पोखराको  एयरपोर्ट  गेट नजिकै कार्टुन  भित्र फेला परेको पेट्रोल  बमलाई पनि डिष्पोजल टोलीले निश्क्रिय पारेको  छ ।

पछिल्लो क्रममा पोखराको  नयाँबजार स्थित  सस्तो बजार अगाडी पनि संकास्पद बस्तु भेटिएको छ । सस्तो बजार अगाडी सडकको छेउमा  रातो जेब्रा झोलामा  भेटिएको संकास्पद बस्तुलाई निश्क्रिय पारिसकिएको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको क्रममा पोखरामा पनि ठाउँ- ठाउँमा बम भेटिएका हो  । ठाउँठाउँमा बम  बम राखिएपछि स्थानियहरु त्रसित भएका छन् भने बन्दका कारण सर्वसाधारण जनताले सास्ती समेत भोग्नु पर्यो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button