आगलागीबाट बिसौ लाखको क्षति

 पोखरा  न्युज  १ जेठ

रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् ।

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ । सो आगलागीबाट रु १० लाख बढीको क्षति भएको बताइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

उता रोल्पा नगरपालिका–७ माडीचौरमा समेत एक घर आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको थियो । स्थानीय वर्मता पुनको कच्ची घरमा भएको आगलागीबाट अन्न, लत्ताकपडा, काठपातसमेतको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको बताइएको छ । खरले छाएका घरको संख्या अधिक रहेकाले रोल्पामा हरेक वर्ष आगलागीका घटना हुँदै घरबारविहिन हुने क्रम बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button