आजको राशिफल – जेठ ०२ गते बुधबार

पोखरा न्युज-०२ जेठ ।

आज वि.सं. २०७५ जेठ ०२ गते बुधबार तदनुसार ई. सं. २०१८ मई १६ तारिख,

आजको चाडपर्व र उत्सव : चन्द्रोदय, दशहरा स्नानारम्भ, गोसाइँ कुण्ड स्नानारम्भ, अधिकमास प्रारम्भ, अपूप दानारम्भ, मच्छेनारायण मेला आरम्भ,

अधिकज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि, दिउँसो ०४:०६ बजेसम्म, त्यसपछि द्वितीया तिथि,

कृतिका नक्षत्र, दिउँसो १०:३० बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र,

आजको चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त),

अतिगण्ड योग, मध्यरात्रीपछि १२:४७ बजेसम्म, त्यसपछि सुकर्मा योग,

सुरुमा बब करण दिउँसो ०४:०७ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०३:०६ बजेसम्म, अन्तिममा कौलव करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो १२:०१ देखि ०१:४२ सम्म

यमघण्ट : बिहान ०६:५८ देखि ०८:३९ सम्म

गुलिक काल : बिहान १०:२० देखि १२:०१ सम्म

आजको वारवेला :–

लाभ वारवेला : बिहान ०५:१७ देखि ०६:५८ सम्म, साँझ ०५:०४ देखि ०८:०४ सम्म र मध्यरात्रीपछि ०३:५८ देखि ०५:१७ सम्म

उद्वेग वारवेला : दिउँसो ०१:४२ देखि ०३:२३ सम्म र साँझ ०८:०४ देखि ०९:२३ सम्म

शुभ वारवेला : बिहान १०:२० देखि १२:०१ सम्म र बेलुका ०९:२३ देखि १०:४२ सम्म

अमृत वारवेला : बिहान ०६:५८ देखि ०८:३९ सम्म र बेलुका १०:४२ देखि १२:०१ सम्म

चर वारवेला : दिउँसो ०३:२३ देखि ०५:०४ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:२० सम्म

रोग वारवेला : दिउँसो १२:०१ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:२० देखि ०२:३९ सम्म

काल वारवेला : बिहान ०८:३९ देखि १०:२० सम्म र मध्यरात्रीपछि ०२:३९ देखि ०३:५८ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । घरायसी वातावरण र बालबच्चाको क्रियाकलापले समय लिनसक्छ, संयम भई व्यवहारिक काममा जुटेको राम्रो हुन्छ । यात्रामा सोचेजस्तो रमाइलो पाउन सकिंदैन । आर्थिक पक्ष सबल नै देखिन्छ । खानपानको समयमा फेरबदल हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

स्रोत – ज्योतिष साथी, कृष्ण प्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button