उपराष्ट्रपतिसँग सिचुवानका उपगवर्नरको भेट

पोखरा न्युज – ०२, जेठ ।

उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको सिचुवान प्रान्तका उपगवर्नर पेङ युसिङले आज शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए। उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो रहेको र ‘एक पेटी एक मार्ग’ (ओबिओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिश गरिरहेको बताए ।

उनले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो क्रममा रहेको भए पनि नेपालले व्यापार घाटा भोगिरहेको र व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने पनि बताए ।

उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उपगवर्नरले नेपाल–चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले नेपालको विकासमा सधैँ चीनको साथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्त नेपालको ऊर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल्वेको क्षेत्रमा लगानी गर्न चाहेको बताए।

उपराष्ट्रपतिसँग नर्वेली राजदूतको भेट।

उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले आज शिष्टाचार भेट गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

नर्वेली राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button