पोखराका विभिन्न स्थानमा चोरीमा संलग्न २ पक्राउ

पोखरा न्युज- ०२ जेठ ।

प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न  दुइ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा भएका चोरीका कार्यमा संलग्न  दुइ जनालाई पक्राउ गरेको हो  । पक्राउ पर्नेमा गोरखाको मान्वु घर भई हाल पोखरा लेखनाथ महानगरपलिका ६ बस्ने  १९ बर्षीय दिपक घले र उदयपुर घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ चिसापानि बस्ने  ३१ बर्षीया  विन्दा तामाङ रहेको प्रहरीले जनाएको छ ।

पोखराको खहरेचोकमा गत वैशाख ३१ गते चेकिङका क्रममा प्रहरीले घलेललाई चोरेको एउटा  ल्यापटप,  ८ वटा मोवाईल, चार्जर, विभिन्न मेमोरी कार्ड, पेनड्राईभ , ब्याट्री लगायतका ईलेक्ट्रोनिकस सामानहरु सहित पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ  ।

कास्कीको प्रहरी टोलीले जेठ १ गते पोखरा  न्यूरोडवाट  विन्दा तामाङलाई  चोरी गरेका विभिन्न झोलाहरु सहित  पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button