पोखरामा ९ पोका ब्राउनसुगर सहित २ जना पक्राउ

पोखरा न्युज – २ जेठ ।

पोखरामा ९ पोका लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका – १० ईन्द्रचोकबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १० घलेचोक बस्ने  ४० बर्षीया जुना नेपाली र वडा नम्बर  १५ निवासी  ३० बर्षीय  सुवास राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडीरहेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलसी गर्दा नौ  पोका खैरो हेरोईन फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button