ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

पोखरा न्युज – ०३, जेठ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ ।

तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बीचबाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । यसैबीच घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button