एकताको खुशीयालीमा देशका विभिन्न स्थानमा दीपावली

पोखरा न्युज – ०३, जेठ ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।

राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए।

यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button