सिद्धार्थ राजमार्ग एकतर्फी खुला

पोखरा न्यूज- ०४ जेठ

सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

गएराति पहिरो खसेको ठाउँ पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा गत आइतबार पनि पहिरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन रातिदेखिनै बाटोमै रोकिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button