पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

पोखरा न्यूज– ०५, जेठ ।

मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ।

आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

उपाधि विजेता थ्रीस्टारले ट्रफीका साथ रु पाँच लाख र उपविजेता मनाङले ट्रफी र रु तीन लाख प्राप्त गर्न सफल भयो । विजेता तथा उपविजेता टोलीलाई प्रदेश नं. १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता थ्रीस्टारका मार्टिन उत्कृष्ट खेलाडी घोषित हुँदै रु ५० हजार प्राप्त गरे । उनले प्रतियोगिताभर चार गोल गरेका थिए ।

गएको वैशाख २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button