मुम्बई र दिल्ली भिड्दै, सन्दिप तेस्रो खेल खेल्दै

पोखरा न्युज – ०६, जेठ ।

इन्डियन प्रिमियर लिग अन्तर्गतको आफ्नो अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयर डेभिल्सको सामना गर्दैछ।

प्रतियोगिताबाट बाहिरी सकेको दिल्ली प्रतिष्ठाको लागि मैदानमा उत्रदा मुम्बई भने जित्नै पर्ने बाध्यताका साथ मैदानमा उत्रदै छ। आफ्नो अघिल्लो खेलमा चेन्नईमाथि प्रभावशाली जीत निकालेको दिल्ली यो खेल पनि जित्दै प्रतियोगिताबाट सुखद बिदाई गर्न चाहनेछ। यता मुम्बई भने सधै जस्तो लिगको पछिल्लो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो परम्परा कायम राख्दै पहिलो चारमा प्रवेश गर्न आफ्नो हरेक अस्त्र प्रयोग गर्नेछ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा टस जित्दै दिल्लीले ब्याटिङको निर्णय गरेको छ। दिल्लीका लागि नेपालका सन्दिप लामिछानेले आफ्नो तेस्रो खेल खेल्दै छन् भने लियाम प्लमकेट् आवेश खानका स्थानमा उत्रदै छन्। मुम्बईले भने एक मात्र परिवर्तनका रुपमा मुस्ताफिजुर रेहमानलाई मिचेल म्याकलेघनको स्थानमा खेलाउदै छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button