मुक्तिनाथ दर्शन गर्न गएका एक भारतीयको मृत्यु

पोखरा न्युज- ०६ जेठ ।

मुक्तिनाथ दर्शन गर्न गएका एक भारतीयको मृत्यु भएको छ ।

भारतको आन्द्र प्रदेश एबि गुन्टुक घर भई मुक्तिनाथ दर्शन गर्नका लागी गएका ४५ का श्रीवाचनको  लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीवाचन आइतबार बिहान करिब ०९:३० बजेको समयमा  मन्दिर परिसरमा लेक लागी  बेहोस भई ढलेका थिए । बेहोस भएपश्चात उपचारको लागी जिल्ला अस्पताल जोमसोम पुर्याइएका श्रीवाचनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए  ।

श्रीवाचनलाई  उपचारकै क्रममा आइतबार बिहान करिब  १०:३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button