म्याग्दीमा सवारी दुर्घटना १ को मृत्यु ,२ घाईते, चालक फरार

पोखरा न्युज -०६, जेठ ।

म्याग्दीमा सवारी दुर्घटनामा  १ जनाको  मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना गम्भीर  घाईते भएका छन् ।

आइतबार बिहान करिब ११ बजे म्याग्दीको  मंगला गाउँपालिका – १ कुहुँमा भएको ट्याक्टर दुर्घटनामा परि स्थानीय पुर्णगाउँका २२ बर्षीय  शुशिल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  भण्डारीको घट्नास्थलमानै मृत्यु भएको र स्थानीय १९ वर्षिय अस्मिता नेपाली र १४ वर्षिय सुस्मिता नेपाली गम्भीर घाइते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।  घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा  उपचार भइरहेको छ ।

म्याग्दीको बाबियाचौरबाट दिपशिखा माध्यमिक विद्यालय कुहुँको लागि  बालुवा लिएर  जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर  दुर्घटनामा परेको हो । कुहुँमा उकालो चड्ने क्रममा अचानक ब्याग हुँदा ट्याक्टर सडक देखी ९० मिटर तल भिरमा खसेको  थियो ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार रहेको र उसको खोजिकार्य जारीरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button